वासिङ्टन, संयुक्त राज्य अमेरिका, ३ कात्तिक : इरानसँगको यूरोपेली व्यापारिक सम्झौतामा संयुक्त राज्य अमेरिकाले अवरोध पु¥याउन नचाहेको विदेशमन्त्री रेक्स टिलरसनले बताउनुभएको छ ।
अमेरिकी सञ्चारमाध्यम ‘द वाल स्ट्रिट जोर्नल’लाई दिएको अन्तवार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौतालाई अनुमोदन नगरी यसको जिम्मेवारी अमेरिकी सिनेटलाई दिएको ठीक एक हप्तापछि टिलरसनको यो भनाई आएको छ ।
टिलरसनले आफ्नो मुलुकको सहयोगी यूरोपेली समुदायको व्यापारिक चासोलाई सम्वोधन गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “राष्ट्रपति ट्रम्प आफ्ना यूरोपेली सहयोगीद्वारा इरानसँग गर्न लागेको व्यापारिक सम्झौतामा हस्तक्षेप गर्नुहुन्न भन्ने बिषयमा प्रष्ट रहनुभएको छ । साथै यूरोपेलीहरू इरानसँगको सम्झौतालाई अगाडी बढाउन सक्नेछन् ।”
टिलरसनलेट्रम्पको भनाईलाई उद्धृत गर्दै स्पष्टसँग भन्नुभएको छ, “यो राम्रो छ । तपाई (युरोपेली)हरूले आफ्नो इच्छा अनुसार सम्झौतालाई अघि बढाउन सक्नुहुन्छ ।”
अमेरिकी कँग्रेसले इरानमाथि प्रतिवन्धहरू कडा र अमेरिकी चासोलाई यूरोपले सम्वोधन नगर्दा गतहप्तासम्म अमेरिकी राष्ट्रपति ट्रम्पले सन् २०१५ मा इरानसँग अमेरिकासहित विश्व शक्तिराष्ट्रले महत्वपूर्ण आणविक सम्झौतालाई ‘पूर्णतया रद्द’ गर्ने चेतावनी दिनुभएको थियो ।
हामीले यसै बिषयमा विगत छ महिनादेखि काम गरिरहेका छौँ, टिलरसनले भन्नुभयो ।
उनीहरूलाई यही विचार अनुसार अगाडी बढ्न सहमत गराइएको छ । यसको मतलव यो होइन कि उनीहरू पूर्णरूपमा यसमा सहमत हुनुपर्छ भन्ने भन्ने होइन । अव हामीले थप औपचारिक प्रत्रियालाई शुरू गर्ने छौँ । त्यसैले नयाँ कदम चालिएको हो ।
पश्चिमा कुटनीतिज्ञले भनेका छन्, “यूरोपेली शक्तिराष्ट्रले अमेरिकी चासोका केही बिषयलाई प्रस्ट पार्छन् । तिनीहरू अन्य मञ्च तथा वार्तामा छलफल गरिनुपर्छ । तर आणविक सम्झौतालाई त्याग्नु भने गलत हुनेछ ।”
सन् २०१६ को जनवरीदेखि इरानसँगको आणविक सम्झौता कार्यान्वयनमा आएसँगै यूरोपको व्यापारिक गतिविधिमा व्यापक सुधार देखिएको थियो ।
इयूको इरानसँगको व्यापार सन् २०१६ मा करिब १६ अर्व पुगेको थियो । यद्यपि यूरोपेली ठूला वैङ्कल अमेरिकाद्वारा ठूलो जरिवाना लगाउने वा आफ्ना वैङ्किङ्ग कारोवारहरूलाई अमेरिकामा प्रतिवन्ध लाग्ने डरमा इरानमा लगानी भित्राउन मानिरहेका छैनन् । (रासस/एएफ्पी)