Logo

२६ जना जुवाडे पक्राउ



बुटवल, ४ कात्तिक (रासस) ः रुपन्देही तिलोत्तमा नगरपालिका—५ कैलासपथस्थित स्थानीय मनिष अधिकारीको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा प्रहरीले आज बिहान छापा मार्दा २६ जनाको जुवाडे समूहलाई पक्राउ गरेको छ ।

खानतलासी गर्दा उनीहरुबाट रु. नौ लाख ४६ हजार १९५ सहित कौडा १६ थान र तास बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रवन भट्टराइले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्