Logo

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु



उर्लाबारी, मोरङ, ४ कात्तिक : मोरङको बेलबारी नगरपालिका–११ स्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट साइकलमा सवार एक महिलाको आज मृत्यु भएको छ ।

को १२ प ३२८ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा सोही ठाउँकी ४२ वर्षीया अन्जिला श्रेष्ठको मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते श्रेष्ठको विराट टिचिङ हस्पिटल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक रामजी कटुवालले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक बेलवारी–१० का २२ वर्षीय युवराज शाह घाइते भएका छन् । उनको न्युरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्