Logo

एमाले र माओवादीले वाम एकता गरेको नभै ब्राम्हणवादी एकता गरेको आरोप



कात्तिक ५, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका युवा नेता धिरज पटेलले शसस्त्र विद्रोहको मर्म बुझ्ने गरी राजनीति गर्न नसकेको आरोप लगाएका छन् ।
नेकपा माओवादी केन्द्र परित्याग गरेर राजपामा प्रवेश गरेका पटेलले माओावादीले शसस्त्र विद्रोहको मर्म बुझ्ने गरी राजनीति गर्न नसकेको आरोप लगाएका हुन् । “माओवादी पार्टी आफ्नो आदर्श र विचारबाट विचलन भयो ।” पटेलले भने ।

एमाले र माओवादीले वाम एकता गरेको नभै ब्राम्हणवादी एकता गरेको आरोप पटेलको छ । “माओवादी पार्टीको नेतृत्व तहलाई सोध्न चाहन्छु कि एमाले धर्म निरपेक्षताको पक्षमा छ ? संघियताको पक्षमा छ ? समानुपातिक समावेशीको पक्षमा छ ?” पटेलले प्रश्न गरे ।
एमाले कम्युनिष्ट नै नभएको पटेलको तर्क छ ।

पटेलले मधेशमा राजपा र संघीय समाजवादी फोरमले कांग्रेससँग चुनाली तालमेल गर्नु फाइदाजनक नहुने बताएका छन् । कांग्रेस पनि मधेशविरोधी पार्टी भएकाले पछि धोका दिएर एमाले र माओवादीसँग मिल्न जाने पटेलको दाबी छ ।

फोरम र राजपा मिल्ने हो भने मधेशमा दुई तिहाई सिट जित्ने पटेलले दाबी गरेका छन् । तर दुई दलबिच इमादारिताका साथ गठबन्धनको कार्यान्वयन हुनुपर्ने पटेकलको तर्क छ ।
बाम गठबन्धनलाई चुनौति दिनका लागि लोकतान्त्रिक गठबन्धन जरुरी रहेको औँल्याउँदै नेता पटेलले कांग्रेसको कोर्टमा बल भएको बताए ।



प्रतिक्रिया दिनुहोस्