Logo

प्रेमराजा महतले भने,‘ऋषि धमलालाई जिताउन हामी मधेश जान आँतुर छौं’ (भिडियोसहित)



काठमाडौं, ६ कार्तिक । चर्चित लोक गायक प्रेमराजा महतले पत्रकार ऋषि धमला चुनाव उठे आफूहरु चुनावी प्रचारप्रसारमा जान तयार रहेको बताएका छन् ।

हिमालय टेलिभिजनबाट हिजो प्रशारण भएको कार्यक्रम ‘धमलाको हमलामा’ मा कुरा गर्दै महतले पत्रकार धमलालाई मधेशबाट चुनाव उठाउनको लागि कांग्रेसले तयारी गरेको कुरा आफूहरुले थाहा पाएको बताउँदै उनको चुनावी प्रचारको लागि आफ्नो नेतृत्वमा कलाकारको टोली मधेश झर्न आँतुर रहेको बताएका हुन् ।

महतले अघि भने,‘ऋषिजीलाई चुनाव जिताउनको लागि हाम्रो कलाकारको टोली नै मधेश जान तयार छ, उहाँजस्तो राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा ख्याँति कमाएको व्यक्ति अब राजनीतिमा आउनुपर्छ, नेपालमा मात्रै पूरा विश्वले उहाँलाई चिन्छ, हामी उहाँलाई चुनाव जिताउनको लागि कुनै कसर बाँकी राख्दैनौं।’

पत्रकार धमला रौतहटको क्षेत्र नम्बर ४ बाट कांग्रेस, संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको तर्फबाट साझा रुपमा प्रतिनिधिसभाको लागि प्रत्यक्षतर्फ चुनाव उठ्दैछन् ।



प्रतिक्रिया दिनुहोस्