Logo

कात्तिक ८ गतेदेखि तनहुँको दमौलीमा आदिवासी जनजाती सांस्कृतिक महोत्सव हुने



कात्तिक ६, काठमाण्डौ । तनहुँको दमौलीमा यही ८ गतेदेखि आदिवासी जनजाती सांस्कृतिक महोत्सव हुने भएको छ । नेपाल जनजाती महासंघको आयोजनामा विभिन्न जनजाती निकट संगठनको सहआयोजनामा महोत्सव गर्न लागिएको हो ।

६८ प्रतिशत जनजाती रहेको तनहुँको दमौलीस्थित विपि वनबाटिकाको खुला चौरमा आयोजना गर्न लागिएको महोत्सवमा आदिवासी जनजातीसँग सम्बन्धित परम्परा र संस्कृतिलाई समावेश गरिने आयोजक समितिका प्रवक्ता सिद्धान्त थापा मगरले जानकारी दिए ।

जनजातीको ऐतिहासिक परम्परा र संस्कृतिलाई जीवन्त बनाउने उद्देश्यले महोत्सव गर्न लागिएको हो । कात्तिक १७ गतेसम्म अर्थात १० दिन चल्ने महोत्सवमा जनजातीसँग सम्बन्धित भेषभुषा, खानपान र संस्कृतिको प्रदर्शनी गरिने प्रवक्ता मगरले जानकारी दिएका छन् । महोत्सवमा १४५ वटा स्टल रहनेछन् भने करिब ७ लाख अवलोकनकर्ताले महोत्वस भ्रमण गर्ने आयोजकको अनुमान छ ।

महोत्सवका बेला अवलोकनकर्तालाई मनोरञ्जन दिनका लागि मौलिक रोटेपिङ र सेतीमादीमा ¥याफ्टिङ गर्ने व्यवस्था मिलाइएको प्रवक्ता मगरले जानकारी दिए ।
त्यस्तै बालकदेखि वृद्धसम्मका लागि उपयुक्त मनोरञ्जनका साधनको व्यवस्था महोत्सवस्थलमा नै व्यवस्था गरिने छ ।
मेलामा लोपोन्मुख जाती कुसुण्डालाई समेत समावेश गरिने मगरले बताए ।

महोत्सवबाट उठेको रकमले आदिवासी जनजाती संग्रहालय निर्माण गर्ने मगरले बताए । “संग्रहालय निर्माणका लागि तनहूँकै उचित ठाउँमा जग्गा खोज्ने काम भइरहेको छ ।” मगरले भने ।
यसअघि २०६२ सालमा महोत्सवको आयोजना गरिएको थियो । दोस्रो महोत्सव १२ वर्षपछि गर्न लागिएको हो । यसविचमा जनजाती महासंघले सक्रियता देखाउन नसक्दा महोत्सव हुन सकेको थिएन ।



प्रतिक्रिया दिनुहोस्