Logo

टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र १ लाख २६ हजार पाउन्डमा विक्री



७ कात्तिक । बेलायती पानीजहाज टाईटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व किर्तिमानी मुल्यमा लिलामीमार्फत विक्री भएको छ ।

टाईटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १ लाख २६ हजार पाउन्डमा विक्री भएको बताईएको छ ।

होल्भरसनले उक्त पत्र टाईटानिक डुब्नभन्दा अघिल्लो दिन सन् १९१२ अप्रिल १३ मा लेखेको हुनाले विश्वप्रसिद्ध पत्रमध्येको एक हो ।

यो मात्रै एउटा त्यस्तो पत्र हो जुन एट्लान्टिक महासागरमा पुगेर पनि जोगिएको थियो ।

समुन्दी पानीका दाग लागेको उक्त पत्र लिलामीमार्फत् पत्र किन्न फोनबाट निवेदन दिएका बेलायती खरिदकर्तालाई विक्री गरिएको छ ।

लिलामकर्ता एन्ड्रिजले ती अज्ञात खरिदकर्तालाई ईतिहासको एउटा महत्वपुर्ण सामाग्री बटुलेको मान्छेको संज्ञा दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot