Logo

शहकारीको सवलिकरण र व्यवस्थित बजारीकरण प्राथमिकतामा : डा. रेग्मी



प्रकाश खनाल : बुटवल,कात्तिक ८ । हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा.तिर्थराज रेग्मीले हेफरले बिगतका कार्यक्रमहरुलाई निरन्तरता दिदै थप नयाँ कार्यक्रम अगाडी बढाएको बताएका छन् ।

कृषिजन्य तथा पशु चौपायाको आयात प्रतिस्थापन र आय आर्जनमा बृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्दै आएको हेफर इन्टरनेशनलले आगामि दिनमा थप नयाँ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी गराए ।

रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै कार्यक्रम निर्देशक रेग्मीले हेफरको कार्यक्रम सञ्चालन भएका जनताको जिवनस्तरमा उल्लेख्य मात्रामा बृद्धि भएको दाबी गरे ।

कार्यक्रम सुरु हुनुपूर्व प्रति व्यक्ति आय एक लाख २४ हजार भएकोमा त्यसमा बृद्धि भएर दुई लाख २६ हजार पुगेको र समाजमा मेलमिलापको वातावरण बनेको दाबी गरे ।

पाँच जनाको परिवारको जिविकोपार्जनकालागि सामान्यतया बार्षिक आम्दानी तिन लाख ९० हजार आवस्यक पर्ने बताउदै उनले आगामि दिनमा हेफरले त्यसैलाई लक्षित गरी आय आर्जन बृद्धि गर्ने खालका कार्यक्रम अगाडी बढाउने जानकारी दिए ।

मलुलुकका ४० जिल्लामा गठित दुई सय नौं शहकारी मार्फत दुई लाख ६० हजार परिवारमा कार्यक्रम सञ्चालन गर्दै आएको बताउदै रेग्मीले हेफरको अबको कार्यक्रम भनेको शहकारीको सवलिकरण र कृषकद्धारा उत्पादित बस्तुको व्यवस्थित बजारीकरणलाई प्राथमिकता दिने योजना रहेको उल्लेख गरे ।

नेपालमा पछिल्लो समय मासुको लागि खसि बोकाको उत्पादन बढे पनि माग पनि बढ्दै जादा खसि बोकाको आयात प्रतिस्थापन हुन नसकेको बताउदै उनले नेपालमा हाल एक करोड १० लाखको संख्यामा खसि बोकाको स्टक रहेको जानकारी दिए ।

सरकारी तथा गैर सरकारी संघ संस्थाको पहलमा नेपालमा उत्पादन र उत्पादकत्वमा बृद्धि भए पनि व्यवस्थित बजारीकरणको अभावमा आम कृषक तथा उपभोक्ताहरु जति लाभान्वित हुनुपर्ने हो त्यति मात्रामा लाभान्वित हुन नसकेको उनको भनाई थियो ।

मुलुकका ठुला शहरहरुमा समेत व्यवस्थित बधशालाहरु नभएको बताउदै उनले आगामि दिनमा हेफरले ठुला शहरमा व्यवस्थित बधशाला निर्माण गर्ने योजना अगाडी सारेको बताए ।

मासुका कारण मानिशमा धेरै किसिमका रोगहरु सर्ने बताउदै रेग्मीले त्यस्ता किसिमका रोगहरुबाट बच्न स्वस्थकर मासु खानुपर्ने कुरामा जोड दिए ।
सँुगुर तथा बंगुरको मासुबाट ब्रेनट्युमर जस्तै लक्षण देखिने रोग लाग्ने गरेको बताउदै उनले त्यस्ता रोगको संक्रमणबाट जोगाउन हेफरले व्यवस्थित बधशालाको अवधारणा अगाडी सारेको उल्लेख गरे ।

हेफरको कार्यक्रम लागु भएका ठाउँहरुमा मानिश भित्र रहेको संकिर्णताको अन्त्य गरेर मानिशहरुको बिचमा मेलमिलाप गराउनुका साथै आय आर्जनमा उल्लेख्य बृद्धि भएको दाबी गरे ।

साक्षात्कारमा हेफर इन्टरनेशनलका बरिष्ठ कार्यक्रम अधिकृत अनन्त सिलवालले बिगत २० बर्ष यता हेफरद्धारा सञ्चालित परियोजनाले मुलुकका ४० जिल्लाका महिला ससक्तिकरण र कृषि तथा पशुपालन मार्फत जनताको जिवनस्तरमा उल्लेख्य प्रगति भएको बताए ।

कार्यक्रम क्लवका जिल्ला अध्यक्ष प्रकाश खनालको सभापतित्वमा सम्पन्न भएको थियो ।



प्रतिक्रिया दिनुहोस्