Logo

पूर्वराजा ज्ञानेन्द्रले देशप्रति चिन्ता गर्नु उहाँको अधिकार हो : शाही युवा शक्ति नेपाल



काठमाडौं, ८ कार्तिक । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो अभिव्यक्तिलाई स्वागत गरेको छ ।

शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्काद्धारा जारी प्रेस विज्ञप्तीमा भनिएको छ,‘पूर्वराजाबाट अभिव्यक्त विचारलाई हामी पूर्ण स्वागत तथा समर्थन गर्छौं, उहाँले सही समयमा आफ्ना कुराहरु राख्नुभएको छ।’

जारी विज्ञप्तीमा भनिएको छ,‘ज्ञानेन्द्र सरकारले देशप्रति चिन्ता गर्नु उहाँको अधिकार हो, र आफू देश हितका लागि काम गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ । अब हामी नेपाली जनता कुनै पार्टीको कार्यकर्ता नभई व्यक्तिग स्वार्थबाट माथि उठी राष्ट्र हितको लागि राजासँग सहकार्य गर्दै अगाडि बढ्नुको विकल्प छैन।’

विज्ञप्तीमा थप भनिएको छ,‘ज्ञानेन्द्र सरकारको अभिव्यक्तिलाई आत्मसाथ गर्दै राजा जनता एक भई देशको राष्ट्रिय अखण्डता कायम राखौं। राजासहित देशभित्र रहेका सम्पूर्ण शक्तिहरु एक भई समृद्ध नेपाल निर्माण गरौं।’

खड्काले पूर्वराजाको अभिव्यक्तिको स्वागतमा देशव्यापी रुपमा दिवावली गर्नुपर्ने भन्दै यस अभियानमा जुट्नको लागि आह्वान समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot