काठमाडौं कार्तिक ९ । सिजन मिडियाले राजधानीमा विहिबार साँझ आयोजना गरेको ‘मिस टिनकलेज २०१७ मा रिलायन्स कलेजमा विविस तेस्रो वर्षमा अध्ययन रत १९ विर्षिय स्वाती श्रेष्ठले शीर्ष ताज जितेकी छन् । उनले विधागत तर्फको ‘मिस मल्टीमिडियाको अवार्ड पनि आफ्नो पोल्टामा पारिन् ।
उपहार स्वरुप टिभिएस जुपीटर स्कुटर पनि जितिन प्रतियोगितामा लुना प्रधान फष्ट रनरअप र विधागत तर्फ अर्गनाइजर च्वाइस हात पारीन भने दिक्षा थापा सेकेण्ड रनरअप साथै मिस पर्सनालीटी अवार्ड पनि जितिन, अनिता खड्का थर्ड रनरअप र सृर्पा महर्जन फोर्थ रनरअप भए संगै वेष्ट ईस्टाइलीस अवार्ड पनि हात पारीन ।
विधागततर्फ रोइसा श्रेष्ठ ‘मिस ट्याल्ेन्ट’ बने । रुपीना तामाङ ‘मिस पपुलर’, सोनी श्रेष्ठ मिस क्रिएटिभ पोल्टामा पार्दा सुस्मा कार्की मिस फेन्डसिप , प्रकृति जिमा मिस फोटोजेनिक, सुचीता अधिकारी मिस हेल्दी स्माइल, अस्मीता भण्डारी मिस डिसिप्लिन, रेसु श्रेष्ठ भ्युअर्स च्वाइस, प्रविना मर्हजन बेष्ट हेयर घोषित भए ।
प्रतियोगिताको निर्णायकमा हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजका प्रेसिन्डेन्ट युवराज शर्मा ,नेपाल प्रहरी स्कुल साँगा काभ्रेका प्रिन्सिपल नवीनमान श्रेष्ठ, कंगरु एजुकेशनका प्रवन्ध निर्देशक महेश वावु तिमलसिना , पत्रकार महासंघका उपाध्यक्ष दिलीप थापा मगर , मिस एयर होस्टेज २०१० विजेता काजल खड्का, फिल्म निर्देशक जनकदीप पराजुली, वेष्ट क्राफ्ट डिजाइनर हरि सेन्चुरी रहेका थिए ।
प्रतियोगितामा विजेताले ‘ मिस टिन कलेज ’ कोे ताज र उपाधि सहित टिभिएस जुपीटर स्कुटर र हाम्रो यस प्रतियोगीतालाई प्रायोजन गर्ने कलेजहरुमा उच्च शिक्षा अध्ययनका लागि छात्रावृक्ति पाइन भने ।नेपाल एयर होस्टेज एकाडमीमा एयर होस्टेज तालिमको लागि रु ३५ हजार वरावरको छात्रा्वृति प्राप्त गरिन ।
त्यस्तै गरि फस्ट रनर अपले लाभा मिनि स्माट फोन र सेकेण्ड रनर अपले भने एमआई स्माट मोवाइल फोन, नेपाल एयर होस्टेज तालीम केन्द्रमा रु ३५ हजार वरावरको एयरहोस्टेज तालीम हातपारीन ।