Logo

बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकियो (हेर्नुहोस छठको रौनक तस्विरमा)



काठमाडौं, १० कात्तिक। यस वर्षको छठ पर्व हर्षोल्लासपूर्ण तरिकाले सम्पन्न भएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिएको हो । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ ।

बिहीबार दिनभर व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले शुक्रबार बिहानै अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।

काठमाडौ. उपत्यकासहित तराई मधेसका जिल्लाहरुमा नदी, तलाउ, पोखरीमा भेला भएर सूर्यलाई अर्घ दिनेहरुको चहलपहल छ । काठमाडौंका कमलपोखरीमा छठ पर्वका अवसरमा शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका र छठको समापनमा गरिउको विभिन्न कर्महरुको तस्वीर हेर्नुहोस् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot