Logo

‘राजधानी छेउको पहाड नगरकोट बन्छ, तर कर्णालीका खास नगरकोटलाई पहाड बनाईन्छ’ : मेगराज बिष्ट



काठमाडौं । कर्णालीसँग हजारौ सम्भावनाहरु हँदा हँदै राज्यद्धारा सधै पछाडी पारिन्छ । सदैव सौतेनि व्यवहार गरिन्छ । असम्भवको नक्कली पर्खाल बनाईन्छ र सधै अबसरहरुबाट बन्चित गरिन्छ।

अन्ततः त्यसैको नाम बेचेर एनजिओको नाममा अरबौ डलरको खेती गरिन्छ, त्यसैलाई संक्षिप्तमा कर्णाली भनेर चिनिन्छ अनि चिनाईन्छ।

सिरानीको कर्णालीलाई पैतलालेु पछारिन्छ र भनिन्छ, पिछडीएको क्षेत्र हो कर्णाली । संधै तिरस्कार गरिन्छ, पराईको जस्तो व्यवहार गरिन्छ र भनिन्छ, दुर्गम क्षेत्र हो कर्णाली ।

यो भन्दा ठुलो बिडम्बना के हुन सक्छ ? यसरि नै चौतर्फि चेपुवामा परेको कर्णाली एक पिडित क्षेत्र हो । जसलाई न्याय दिलाउन सक्ने सपुतहरुको खाँचो छ। कालिकोट त्यै पिडीत कर्णालीको एक अङ्ग हो, एक जिल्ला हो ।

सर्वप्रथम ‘सुन्दर कालिकोट–समृद्ध कालिकोट’ अभियानका अभियान्ता भुपेन्द्रजंग शाही ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छु। म सम्झिन्छु ‘सुन्दर कालिकोट–समृद्ध कालिकोट’ अभियानको प्रारम्भिक छलफलमा अभियान्ता भन्दै हुनुहुन्थ्यो राजधानी छेउको एउटा पहाड नगरकोट बन्न सक्छ तर कालीकोटका त्यस्तै तमाम पहाडहरु केवल पहाड मात्रै हुन्छन, किन ?

‘राजधानी छेउको पहाड नगरकोट बन्छ, तर कर्णालीका खास नगरकोटलाई पहाड बनाईन्छ’ शाहीको यहि वाक्यले मलाई अलि बढि नै तानेको छ । आज कालिकोटलाई सम्मृद्ध बनाउने अभियानका अभियान्ता पर्यटक सडकको विकास गर्नुपर्छ भन्नेमा अग्रसर हुनुहुन्छ । यूवाहरु उहाँको पछि उभिएका छौँ ।

यसको एउटै कारण हो सकरात्मक सोच र पहल कदमीको कमी । प्रष्टै झल्किन्थ्यो, यो उहाँको भनाई मात्रै थिएन, कालिकोट प्रतिको गहिरो चिन्ता थियो।

आज वास्तममै यो एक बृहत् एवं प्रेरक अभियानको रुपमा अगाडी बढीरहेको छ। कालिकोटमा सुन्दर कालिकोट–सम्मृद्ध कालिकोटको अभियान सुरुहुँदा न त बाबुराम भटराईले नयाँ शक्ति गठन गरेका थिए न त रविन्द्र मिश्रले विवेकशिल साझा खोलेका थिए ।

आज यिनै पार्टीका मुख्य नारा नै सुन्दर मुलुक र सम्मृद्ध मुलुक बनेका छन् । जुन अभियान हामीले ०७० सालको दोस्रो संविधान सभाको निर्वाचन पछि सुरु गरेका हौ । ‘सुन्दर कालिकोट–समृद्ध कालिकोट’, सुन्दर कर्णाली सम्मृद्ध कर्णाली, सुन्दर नेपाल सम्मृद्ध नेपालको परिकल्पना सुरु गरेका हौँ ।

यो अभियान केवल अभियान मात्र देखिदैन, समृद्ध कालीकोट निर्माण गर्ने आधार स्तम्भ हो, कालिकोटको सम्मृद्धी असम्भव देख्नेहरुका लागी सम्भावनाहरुको आँखीझ्याल हो। सुन्दर कालीकोट निर्माणका लागी केहि गरौँ र गर्न सकिन्छ भन्ने प्रेरक दस्तावेज हो।

वास्तममै, कालीकोट अमुल्य प्राकृतिक स्रोतहरुले भरिभराऊ छ । यहाँ, तराई देखी हिमालसम्मको हावापानी पाईन्छ। यहाँ, जुनसुकै बालीनाली उत्पादन हुनसक्छ ।

भौगोलिक र सांस्कृतिक विविधताको धनी कालिकोट मूल्यवान जडीबुडीहरु, फलफूल व्यवसाय, सुन्दर हिमालहरु, प्रख्यात धार्मिक स्थलहरु, झरना र नदीहरुको प्रर्वधनगरी व्यावसायिकरण गर्न सके, छोटो समयमै‘सुन्दर कालिकोट–समृद्ध कालिकोट’ बनाँउन सकिन्छ।

यसको लागी पहल कदमी चाल्न सक्ने र समृद्ध कालीकोटको सपना देख्ने मान्छेको खाँचो छ। यो इच्छा शक्तिका एक अभियान्ता भुपेन्द्रजंग शाहीसंग देख्दा हामी जस्ता यूवाहरु अत्यन्तै प्रेरित भएका छौ। ‘सुन्दर कालिकोट–समृद्ध कालिकोट’ अभियानका अभियान्ताका केही गुणहरुले म प्रभावित छु।

अन्तमा जे सुकै गरेपनी, जहाँ सुकै रहेपनि, हाम्रो अन्तिम उद्देश्य भनेको कालीकोटको समुन्नत विकास, सुशासन र सम्मृद्धि हो।

त्यहाँ पर्याप्त स्रोत साधन र सम्भावनाहरु छन् । यिनीहरुको समुचित उपयोग गरि व्यवसायिकरण गर्न सके समृद्ध कालीकोटको लागी धरै पर्खीनु पर्दैन।

त्यसका लागी केहि गर्न सक्ने, केही गर्न खोज्ने, क्षमतावान र उर्जाशील व्यक्तिलाई अगाडी बढाउनु हाम्रो कर्तव्य ठान्दछु।
वर्तमान सन्दर्भमा प्रदेश र केन्द्रको निर्वाचनको माहोल तातिरहेको छ ।

हाम्रो भन्दा राम्रो र भ्रष्ट भन्दा प्रष्ट नेतृत्व चयन गर्नु आजको आवश्यकता हो र जनताको औकात अनुसारको नेता चयन हुन्छन भन्ने मान्यतालाई मध्यनजर गर्दै आगामी मंसिर १० गतेको निर्वाचनमा पार्टी भन्दा माथि उठेर मतदान गर्नुपर्छ । अहिले नगरे कहिले गर्ने, हामीले नगरे कसले गर्ने ? कालिकोटको सम्मृद्धि हाम्रै पालामा सम्भव छ।

कालिकोटको लागि मात्रै नभएर तरुण दलका महासचिव भुपेन्द्रजंग शाही मुलुकै लागि आवश्यक यूवा नेता ह्न । त्यसैले पनि कालिकोटका जनताले आगामी निर्वाचनमा आफूलाई योग्य प्रमाणित गर्नेछन् । तथास्तु ।



प्रतिक्रिया दिनुहोस्