Logo

जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजिवविक्रम शाह, कसले जित्ला ?



११ कात्तिक, काठमाण्डौ । जाजरकोट जिल्लाबाट प्रतिनिधीसभा चुनावका लागि वाम गठबन्धन र नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार तय भइसकेको छ । वाम गठबन्धनले माओवादीका नेता शक्तिबहादुर बस्नेतलाई उठाउने भएको छ भने नेपाली कांग्रेसले राजिवविक्रम शाहलाई टिकट दिने भएको छ । दुवै उम्मेदवारसँग नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

शक्ति बहादुर बस्नेत, नेता, नेकपा माओवादी केन्द्र : जाजरकोटमा चुनावी सरगर्मी सुरु भइसकेको छ । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबिचको मुख्य प्रतिस्पर्धा रहने दखिएको छ । चुनाव चाँही वाम गठबन्धनले जित्ने निश्चित जस्तै छ ।
जाजरकोटमा १० वर्ष अगाडिसम्म विकास हुन सकेको थिएन । त्यसबेला विकासमा पछि परेका ९ वटा जिल्लाको सूचिमा जाजरकोट परेको थियो । अहिले पनि त्यो सूचिाट जाजरकोट सूचिबाट हटेको छैन । तर अन्य जिल्लाको दाँजोमा जाजरकोटमा विकासका पूर्वाधारहरु निर्माण भइरहेका छन् । बाटोघाटो, सिँचाई, खानेपानी, अस्पताल (१५ बेडलाई ५० बेडमा विस्तार गरिएको छ) लगायतका क्षेत्रमा पूर्वाधार बन्ने क्रम जारी छ । अस्पतालमा स्वास्थ्यकर्मी पु¥याउनेदेखि त्यहाँ डाक्टर उत्पादन गर्ने अभियानमा छौँ । विगत पाँच वर्ष अगाडिदेखि जाजरकोटमा पूर्वाधार विकास सुरु भएको छ । अब आउने पाँच वर्षभित्रमा ति पूर्वाधार निर्माणलाई पूर्णता दिनुपर्ने छ । जाजरकोटबासीको आयआर्जन बढाउनेतर्फ ध्यान केन्द्रित गरिनेछ ।

राजिवविक्रम शाह, उम्मेदवार, नेपाली कांग्रेस जाजरकोट : शिक्षा, स्वास्थ्य, रोजगारी, भौतिक पूर्वाधारको खाँचो जाजरकोटमा छ । यिनै एजेण्डा लिएर म चुनावमा उठ्न लागेको छु ।
म चुनाव जितेर आउनुभन्दा अगाडि भेरी नदीको पुल बन्न सकेको थिएन । मेरै पहलबाट उक्त पुल निर्माण गरेँ । मेरो क्षेत्रमा कुनै पनि बाटो खोलिएको थिएन । २ वटा मुख्य बाटोलाई रणनीतिक बाटोका रुपमा बजेट हालेर ट्रयाक खोल्ने काम भएको छ । संसद कोषको रकम हालेर गाविस भवनसम्मको बाटो बनाएको छु । स्वास्थ्यको क्षेत्रमा धेरै शिविर चलाएँ । मेरो निजी खर्चमा अस्पताल बनाउँदैछु । शिक्षाको क्षेत्रमा पनि धेरै सुधारका काम गरेको छु । अस्पतालमा औषधी पु¥याएको छु । मैले भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा धेरै काम गरेको छु ।
शक्तिबहादुर बस्नेत : भेरी नदीको पुल कसले बनायो भन्ने कुरा जाजरकोटका जनताले राम्रोसँग जानेका छन् । राजिविक्रम शाहले आफ्नै पहलमा बनाएको भन्ने कुरा गलत हो । २ वटा मुख्य बाटोलाई रणनीतिक बाटोका रुपमा बजेट हालेर ट्रयाक खोल्ने काम गरेँ भन्नुभयो । त्यो पनि उहाँको पालामा भएको होइन । त्यो गलत कुरा गर्नुभयो । उहाँ निर्वाचित हुनुभन्दा अगाडि नै रणनीतिक सडकमा सुचिकृत भइसकेको थियो । जहाँसम्म हस्पिटल निर्माणको कुरा छ, त्यसलाई सकारात्मक रुपमा नै लिनुपर्छ ।
राविजविक्रम शाही : म जाजरकोटमा आउँदा नेता बन्छु भनेर कहिल्यै पनि आएको छैन । मेरो पूख्र्यौली ठाउँमा सेवा गर्नका लागि आएको थिएँ । मैले सबै दलका साथीहरुलाई एकै ठाउँमा राखेर सेवा गरेको छु । त्यसैले मलाई बाम गठबन्धनले केही असर पार्दैन । मलाई एमाले र माओवादीका साथीहरुले नै नेता बनाएका छन् । उनीहरुले नै जिताउँछन् ।
शक्तिबहादुर बस्नेत : मलाई थाहा छैन कोको साथी कसरी राजनीतिमा जानुभएको हो । म त नाफाको जिन्दगी लिएर आएको हो । मैले समाज र देशको रुपान्तरणका लागि समर्पित भएर राजनीतिमा लागेको हुँ । परिस्थितीले सासंद र मन्त्री पनि बनायो । माओवादी र एमालेका नेताहरुले नै सघाउने हो भने त चुनावी मैदानमा नै किन जानुप¥यो र ? त्यसैले त्यो विषयमा म धेरै जान चाहन्न ।



प्रतिक्रिया दिनुहोस्

Screenshot