Logo

प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग



अनवर अहमद : मलंगवा,सर्लाही ११ कार्तिक । प्रदेश नं. २ को राजधानी सर्लाहीमा हुनुपर्ने माग सर्लाहीवासीले गरेका छन ।

प्रदेश नं.२ को राजधानी जनकपुर वा बिरगंजमा राखिने भन्ने चर्चा चलिरहेको बेला सर्लाहीबासीले प्रदेशको राजधानी सर्लाही मै राखे उपयुक्त हुने बताएका छन । सर्लाहीको मलंगवा नगरपालिका मा राजधानी निर्माण संघर्ष समितिदृारा आयोजित बृहत छलफल कार्यक्रममा उपस्थित बक्ताहरुले प्रदेशको राजधानी सर्लाहीमै राखे उपयुक्त हुने सुझाएका थिए ।

प्रदेशको केन्द्र विन्दुमा पर्ने सर्लाही,राजधानी को लागि अति उत्तम र भविष्यमा सेवाग्राहीको लागि सुगम समेत हुने बताइएको थियो । सर्लाहीमा रहेको हजारौ विघा सरकारी (ऐलानी) खाली जग्गा समेत प्रयोगमा ल्याउन सकिने वक्ताहरुले भनेका थिए ।

त्यस्तै विभिन्न अधिकारको आन्दोलनमा सर्लाहीबासी अग्रस्थानमा रहिआएकोले,प्रदेशको राजधानी सर्लाहीमा राखे मधेश आन्दोलनमा शहिद भएका शहिदहरु तथा तीनका परिवारजनमा पनि आन्दोलनको प्रतिफल प्राप्त हुने सर्लाहीवासीको ठम्याई रहेको थियो ।

छलफल कार्यक्रममा सर्लाहीको २० औं स्थानीय तह नगरपाललिका तथा गाउपालिकाका प्रतिनिधिहरु,राजनितिककर्मी,नागरिक समाज,स्थानीयवासी तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा राजधानी निर्माण समिति सर्लाहीका संयोजक बख्तियार अलिले भोली देखि नै जिल्ला भरिमा प्रदेश नं.२ को राजधानी सर्लाहीमा हुनु पर्ने माग सहित हस्ताक्षर अभियान चलाईने र सरकारले यदि हाम्रो जायज माग लाई बेवास्ता गरे समितिले चरणबद्ध रुपमा आन्दोलन गर्ने बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्