Logo

३ महिनादेखि अवरुद्ध विद्युत सेवा सूचारु



कौरव खत्रीः गुल्मी ११ कात्तिक । गुल्मीमा झण्डै ३ महिनादेखि अवरुद्ध रहेको दरमखोला लघु जलविद्युत परियोजना शुक्रवार साँझदेखि सूचारु भएको छ । मुसिकोट नगरपालिका वडा नं. ७ द्धारा सञ्चालित परोपकार सहकारी जलविद्युत परियोजना शुक्रवारदेखि विद्युत सेवा नियमित रुपमा सूचारु भएको छ ।

पछिल्लो समय आश्विन महिनाको पहिलो हप्तामा सोही नगरपालिका वडा नं. २ भर्जुवामा रहेको २५ केवीको ट्रान्समिटर जलेपछि अवरुद्ध रहेको विद्युत सेवा झण्डै १ महिना समय लगाएर ट्रान्समिटर मर्मत र संम्भार ३ गरि जडान गरेपछि विद्युत सेवा सञ्चालनमा ल्याइएको विद्युत सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्र कुमार मल्लले जानकारी दिए।

उक्क्त विद्युत सेवा गत साउन महिनादेखि कहिले माथिबाट पहिरोले नहर बगाउने र पुर्ने त कहिले नहर पहिरोले भत्काउने गर्दा पटक पटकको अबरुद्ध हुदा नियमित रुपमा विद्युत सेवा सूचारु नहुदा स्थानीय वासिन्दाहरुले समस्या भोग्दै आइरहेका छन् ।

यता विद्युत सेवा लामो समयपछि सूचारु भएसँगै सोही वडाका भर्जुवा र सिम्ले चितपानी अन्तर्गत रहेका १सय, ५५ घरधुरीका उपभोक्क्ताहरुको घरमा विजुली बलेपछि खुशी भएका छन् भने विद्युत सेवा सूचारुले विजुली बत्ति,कुटानी पिसानी,फर्निचर लगायत विद्युतीय यन्त्र समेत सूचार भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot