Logo

विश्वशान्तिका लागि दक्षिण एशियाली मुस्लिम सम्मेलन



नेपालगन्ज, १२ कार्तिक । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजनामा नेपालगञ्जमा दक्षिण एशियाली मुस्लिम धार्मिक सम्मेलन यहाँ शुरु भएको छ ।

विश्वमा बढ्दै गइरहेको बेरोजगारी, अमानवीय कार्य र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा विश्वमा भाइचारा, अमनचयन र शान्ति कायम गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको जनाइएको छ ।

सम्मेलनको दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी र केन्द्रीय सदस्य अब्दुल्लाह अत्तारीले संयुक्तरूपमा उदघाटन गर्दै मानवीय व्यवहारबाट मात्र विश्वमा शान्ति कायम गर्न सकिनेमा जोड दिनुभयो ।

भोलिसम्म सञ्चालन हुने सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, मालदिभ्स र भूटानसमेत आठ मुलुकमा मुस्लिम धर्मगुरु, मुस्लिम अगुवाहरूको सहभागिता रहेको कार्यक्रम संयोजक सैयदरिहान अत्तारीले बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot