Logo

वामदेव निवासमा एमाले स्थायी कमिटिको बैठक जारी



समानुपातिकको बन्द सुचि संशोधन गर्ने

 

काठमाडौं, १२ कार्तिक । मंसिर २१ गते हुने दोश्रो चरणको प्रदेश र प्रतिनिधि सभाको निर्वाचन क्षेत्र बाँडफाँड, उम्मेद्वार र समानुपातिकको बन्द सूची संशोधनका बारेमा एमाले स्थायी कमिटीको छलफल जारी छ ।

पार्टीका उपाध्यक्ष बामदेव गौतमको निवास ललितपुरस्थित् भैंसेपाटीमा आज बिहानैदेखि जारी बैठकमा एमाले र माओवादीबीच क्षेत्र बिभाजनमा भएको सहमति, पार्टीका तर्फबाट प्रस्तावित उम्मेद्वार र समानुपातिक सूची टुङयाउने वारेमा छलफल भइरहेको एक नेताले जानकारी दिए ।

त्यस्तै दोश्रो चरणका ११५ सिटमा एमाले र माओवादीबीच सहमति भइसकेको बताईएको छ । एमाले र माओवादीले दोस्रो चरणमा चुनाव हुने ४५ जिल्ला मध्ये ४० जिल्लामा निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याएका हुन् ।

४० जिल्लाका ११५ निर्वाचन क्षेत्रमा एमालेलाई ६८ र माओवादीलाई ३६ सिट हुनेगरी सहमति भएको छ । दोस्रो चरणमा चुनाव हुने बाँकी ५ जिल्लाका १३ निर्वाचन क्षेत्रमा भने अझै बाँडफाँड टुंग्याउन बाँकी छ । ११५ प्रतिनिधिसभाका क्षेत्र मध्ये स्वतन्त्रलाई १० र राजमोलाई एक स्थान दिइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot