Logo

नेपाल विद्यार्थी संघमा विवाद



काठमाडौं, १४ कार्तिक । नेपाली काँग्रसको भातृसंघ नेपाल विद्यार्थी संघमा विवाद देखिएको छ । अध्यक्ष नैनसिंह महरले संघको विधान विपरित केन्द्रीय सदस्यहरु मनोनयन गरेको भन्दै पाँच उपाध्यक्षले प्रेस विज्ञप्तिमार्फत् विरोध जनाएका छन् ।

विज्ञप्तिमा उपाध्यक्षहरु प्रकाश राना, खड्ग डागी, नविन राई, उर्मिला थपलिया र सागर परियारको हस्ताक्षर छ ।

विधानमा व्यवस्था नभएको आमन्त्रित केन्द्रीय सदस्यहरुको मनोनयन र महाधिवेशनको म्यान्डेट विपरितका क्रियकलाप गरी अध्यक्ष महरले स्वच्छेचारी व्यवहार गरेको आरोप समेत लगाएका छन् ।

नेविसंघको ११ औं महाधिवेशनबाट निर्वाचित महर प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापत शेरबहादुर देउवा निकट हुन् । विज्ञप्ति जारी गर्नेहरु वरिष्ठ नेता रामचन्द्र पौडेल निकट हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot