काठमाडौं, १४ कार्तिक । आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित रहेर कुन क्षेत्रमा कसलाई सघाउने भन्नेबारे सहमति खोज्न नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनको बैठक जारी छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा गठबन्धनमा आवद्ध दलका अध्यक्ष तथा शीर्ष नेताहरुको सहभागिता रहेको छ । राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालले सिट बाँडफाँड गरेपछि आज गठबन्धनको बैठक बसेको हो । बैठकमा कुन क्षेत्रमा कुन पार्टीको उम्मेद्धवारलाई सघाउने भन्नेबारे निर्णय लिईने एक नेताले जानकारी दिए ।