Logo

दुई व्यक्तिद्धारा विद्यालयलाई दश लाख भन्दा बढिको आर्थिक सहयोग



कौरव खत्री : गुल्मी/बाग्लुङ्ग १५ कात्र्तिक । बाग्लुङ्गको एक विद्यालयको लागि दुई व्यक्तिद्धारा विद्यालयलाई १० लाख भन्दा बढि आर्थिक सहयोग गरेका छन् ।
गल्कोट नगरपालिका वडा नंं. ८ काडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि सोही गल्कोट नगरपालिक ९ रिस्मी निवासी हाल चितवनमा रहनु भएका समाजसेवी नन्दु सापकोटाबाट रु. ५ लाख,१सय,११ रुपैया यस्तै सोही वडा रिस्मी निवासी हाल चितवनमा रहनुभएका समाजसेवी यमलाल सापकोटा ५ लाख,१सय,११ रुपैया, गरि जम्मा रु. १० लाख,२ सय,२२ रुपैया आर्थिक सहयोग गनुभएको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिनुभयो ।

विद्यालयका भूतपूर्व विद्यार्थी समेत रहेका चन्दादाता दुई सापकोटाले आफ्नो गाँउ ठाँउ र जन्मभूमिको शैक्षिक विकासलाई विदेशमा गएर कमाएको केहि अंश रकम सामाजिक क्षेत्रमा खर्चिनुले यो सबैका लागि प्रेरणादायी र उदाहरणीय कार्य भएकोले आर्थिक सहयोगी दुई सापकोटालाई विद्यालयले धन्यवाद दिएको छ ।

विद्यालयले आँउदो माघको १० देखि १४ सम्म विद्यालयले मनाउन गइरहेको हिरक महोत्सवलाई लक्षित गदै विद्यालयको स्तर उन्नतिका लागि गरिएको आर्थिक संकलन अभियानले विद्यालयलाई फाइदा पुग्ने देखिन्छ । तश्वीर : कौरव खत्री



प्रतिक्रिया दिनुहोस्