Logo

कांग्रेसका वरिष्ठ नेता पौडेलको पक्षमा जनलहर, मनोनयन दर्ता गर्न जाँदा यस्तो देखियो (फोटो फिचर)



-कमलमणि पोख्रेल

कात्तिक १६, काठमाण्डौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नतहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराएका छन् । हजारौँ कार्यकर्ताको साथ जिल्ला निर्वाचन कार्यालय पुगेका पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गर्नुअघि कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै नेता पौडेलले निष्ठा, इमानदारिता, आदर्श र सिद्धान्तको राजनीतिका लागि आफूले दशकौँदेखि लड्दै आएको स्मरण गराउँदै जनमतको कदर गर्नका लागि आफू प्रतिवद्ध रहेको बताए ।

“सच्चा लोकतन्त्र के हो भन्ने कुरा तनहुँमा प्रयोग भइरहेको छ ।” नेता पौडेलले भने ।
आफ्ना नीति तथा कार्यक्रमहरु चुनावी सभामा उल्लेख गर्दे भन्दै पौडेलले संक्षिप्त मन्तव्य दिएका थिए ।

“कसरी कृषि क्रान्ती गछौँ, कसरी पर्यटन क्षेत्रको विकास गछौँ, कसरी उर्जा शक्तिको विकास गर्छौँ, कसरी गाउँगाउँमा विकास गछौँ भनेर म सविस्तार प्रस्तुत हुनेछु ।” पौडेलले भने ।

 

“विभिन्न कोणबाट विभिन्न किसिमले नेपाली कांग्रेसलाई डिस्टर्व गर्ने प्रयत्न भएको छ, त्यसको विरुद्धमा तपाईहरु उभिनुभएको छ ।” पौडेलको भनाई थियो ।
संघीय सभाको लागि क्षेत्र न.१ मा वरिष्ठ नेता रामचन्द्र पौडेल र २ मा केन्द्रीय सदस्य तथा पुर्वमन्त्री शंकर भण्डारीले उम्मेदवारी मनोनयन गरेका छन् ।

त्यस्तै क्षत्रे नम्बर एकको प्रदेश सभा क मा गोविन्द भट्टराई र खमा रधुनाथ पौडेल चुनाव लड्नेछन् । क्षेत्र न.२ को प्रदेश सभा कमा प्रदिप पौडेल र खमा धुव्र वाग्लेलाई कांग्रेसले उम्मेदवार बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्