Logo

काठमाडौं ६ का उम्मेद्धवारले हात मिलाउँदै भने,‘हामी स्वस्थ प्रतिष्पर्धा गर्छौं’



काठमाडौं, १७ कार्तिक । काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेद्धवारहरुले अबको निर्वाचनमा आफूहले स्वस्थ प्रतिपष्र्धा गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसबाट उम्मेद्धवार बनेका रक्षामन्त्री समेत रहेका नेता भीमसेनदास प्रधान, वाम गठबन्धनबाट उम्मेद्धवार बनेका माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदी र विवेकशील पार्टीका उम्मेद्धवार रमेश चिलुवालले पत्रकार निर्वाचनमा आफूहरुको स्वस्थ प्रतिष्पर्धा हुने भन्दै क्लबले आजबाट सुरु गरेको चुनावी अभियानले आफूहरुलाई हर्षित बनाएको धारणा राखेका थिए ।

क्लबका सभापति ऋषि धमलाले आजैबाट क्लबले देशव्यापी रुपमा चुनावी अभियान चलाउन सुरु गरेको समेत जनाए ।

उनले भने,‘चुनाव स्वच्छ, भयरहित, स्वतन्त्र र निश्पक्ष रुपमा सम्पन्न गर्नको लागि हामी अब मेचीदेखि महाकालीसम्म चुनावी अभियान लिएर निस्किन्छौं, हामी सबै उम्मेद्धवारहरुलाई एक ठाउँमा राखेर चुनावी बहस गर्छौं, चुनाव सफल रुपमा सम्पन्न हुनु नै संविधान कार्यान्वयन भएर मुलुक समृद्धितिर जान्छ।’



प्रतिक्रिया दिनुहोस्