Logo

तनहुँ कांग्रेसको प्रचारप्रसार आक्रामक बन्दै, शंकर भण्डारी भन्छन्, “विकासको जिम्मेवारी मेरो काँधमा छ”



-कमलमणि पोख्रेल

कात्तिक १९, काठमाण्डौ । तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उम्मेदवार शंकर भण्डारीले २ नम्वर क्षेत्रको विकास गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै विश्वास गर्न मतदातालाई आग्रह गरेका छन् । पूर्व वनमन्त्रीसमेत रहेका भण्डारीले खैरेनीटारमा नेपाली कांग्रेस क्षेत्र नम्वर २ चुनाव प्रचार प्रसार समितीको
कार्यलय उद्घाटन गर्दै आफू चिल्ला र मिठा भाषणमा भन्दा पनि काम गरेरे देखाउने दाबी गरे । जनताले कांग्रेसका उम्मेदवारलाई विजय गराएको खण्डमा यस क्षेत्रको विकास नै पहिलो प्राथमिकता रहेको भण्डारीले स्पष्ट पारेका छन् ।
विगतमा जति पनि परिर्वतन भएका छन् त्यो सबै कांग्रेसकै अगुवाईमा भएको दाबी गर्दै नेता भण्डारीले संविधानको कार्यान्वयनको लागि पनि अव कंग्रेसको जित आवश्यक रहेको औँल्याए ।

सोहि कार्यक्रममा वोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं तनहुँ क्षेत्र नम्वर २ प्रदेश सभा १! का उम्मेदवार प्रदिप पौडेलले शुक्लागण्डकी, म्याग्दे ,भिमाद लगायतका क्षेत्रलाई मेगा सिटिको अवधारण अनुसार अगाडि वढाईने बताए ।

पौडेलले कांग्रेस योजनाबद्ध ढंगवाट अगाडि वढ्ने पार्टी भएको भन्दै निर्वाचनमा जनताले कांग्रेसलाई ढुक्कसँग मत दिने विश्वास व्यक्त गरे । कार्यक्रममा क्षेत्र नम्वर २ का प्रदेश सभा उम्मेदवार धु्रब वाग्लेले देशमा एकदलिय अधिनायकवाद लाद्न बाम गठबन्धन भएको भन्दै सचेत हुन आग्रह गरे । कम्युनिष्ट शासन र साम्यवादको बाटोमा एमाले र माओवादी हिँडेको आरोप लगाउँदै वाग्लले लोकतन्त्रवादी शक्तिको विजय आवश्यक रहेको बताए । तनुहँ कांग्रेसका पूर्व सभापतिसमेत रहेका वाग्लेले यस क्षेत्रका अव्यवस्थित वासोवास गरेका जनतालाई एक वर्षभित्रमा लालपुर्जा वितरण गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधीसभातर्फ रामचन्द्र पौडेल र प्रदेश सभातर्फ गोविन्द भट्टराई र रघुनाथ पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभातर्फ शंकर भण्डारी र प्रदेशसभातर्फ प्रदिप पौडेल र ध्रुव वाग्लेलाई उम्मेदवार बनाएको छ ।



प्रतिक्रिया दिनुहोस्