Logo

‘स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन’ : प्रचण्ड



चितवन, १९ कात्तिक: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थिर सरकार र समृद्धिका लागि वाम गठबन्धन बनाउनुपरेको बताउनुभएको छ ।

पश्चिम चितवनको चनौलीमा आज वाम गठबन्धन निर्वाचन परिचालन कार्यालयको उद्घाटन गर्दै चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र न ३ का उम्मेदवार दाहालले अबको आवश्यकता भनेको स्थिर सरकार निर्माण गरी विकासतर्फ अगाडि बढ्नु रहेको बताउनुभयो ।

चितवनको विकास, समृद्धि र देशकै नेतृत्व गर्ने लक्ष्यका साथ आफ्नो उम्मेदवारी क्षेत्र नं ३ मा भएको उहाँको भनाइ थियो । कार्यक्रममा शनिबार राप्रपा (प्रजातान्त्रिक) परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका नेता बद्री तिमिल्सिना, एमालेका नेता देवी ज्ञवाली, वाम गठबन्धनबाट प्रदेश क्षेत्र नं ३ (क) का उम्मेदवार कृष्ण भुर्तेल, ३ (ख) का उम्मेदवार रामलाल महतोलगायतले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभएको थियो ।  (रासस)



प्रतिक्रिया दिनुहोस्