Logo

बागी उम्मेद्धवारहरुले उम्मेद्धवारी फिर्ता नलिए कडा कारबाही गर्ने कांग्रेसको निर्णय



काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसको शीर्ष नेताहरु सम्मिलित बैठक सम्पन्न भएको छ । आगामी मंसिर १० र २१ गते हुने निर्वाचनमा आफ्नै पार्टीबाट बागी उम्मेद्धवारी दिएका नेता तथा कार्यकर्ताहरुले उम्मेद्धवारी फिर्ता नलिए कडा कारबाही गर्ने निर्णय गरेको छ।

आईतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार बागी उम्मेद्धवारहरुले आजै उम्मेद्धवारी फिर्ता लिनुपर्ने निर्देशन पार्टीले दिएको छ ।

तर उम्मेद्धवारी फिर्ता नगरी बस्नेहरुलाई भने कडा भन्दा कडा कारबाही गर्ने निर्णय आजको बैठकले लिएको उनले जनाए ।



प्रतिक्रिया दिनुहोस्