Logo

गुल्मी तथा बाग्लुङ्गका हजारौ दर्शनार्थीहरु दर्शनका लागि मालिकामा घुँईचो



कौरव खत्री: गुल्मींं १९ कात्तिक । गुल्मीमा धार्मिक तथा पर्यटकीय स्थलका रुपमा परिचित मालिका मन्दिरमा आज शनिबार विहानैदेखि मालिकादेवीको दर्शन गर्ने तथा पुजाआरधा गर्ने दर्शनार्थीहरुको घुइचो लागेको छ ।

यस क्षेत्रकै प्रसिद्ध मानिने मालिकादेवीको दर्शन गरि बर माग्दा आफ्नो मनोकाङक्षा पुरा हुने धार्मिक जनविश्वास रहदै आएको छ । प्रत्येक बर्ष शिब बैकुण्ठ चतुदर्शीको अबसरमा मालिका मन्दिरमा विशेष मेला माहेत्सव पुजाआरधा,आफ्ना भाक्कलहरु चढाउने र मालिकादेवी दर्शन र सँगै मालिका मेलाको अवलोकन र मनोरञ्जनको लागि परम्परादेखि नै उल्लेख्य मात्रमा दर्शनार्थीहरुको आउने प्रचलन रहदै आएको छ ।

आजैको दिनलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बाग्लुङ्ग र अर्घाखाची लगायतका विभिन्न जिल्लाका स्थानहरुबाट हिजो साँझदेखि नै टाढा टाढा ठाँउबाट कोही गाडीको माध्यमबाट त कोही पैदल यात्रा गरि हजारौँ शदालु भक्तजनहरु मालिका देवीको दर्शन गर्न आइरहेका छन् ।

मालिका देवीको दर्शन गर्न आएका शदालु भक्तजनहरुको घुइचोले मालिका क्षेत्रमा चहलपहल हुनाले मन्दिर आसपासमा रहेका होटल, पुजा आरधनाका सामाग्री,र फलफूल लगायतबाट व्यापारीहरुले लाखौको कारोबार गरेका छन् ।

यस्तै मालिका मन्दिरको दर्शनमा आउने दर्शनार्थीहरुलाई सहज रुपमा मालिकादेवीको दर्शन गर्न उचित व्यवस्थापन गरिएको मन्दिर समितिका अध्यक्ष झविराम शर्माले जानकारी दिनुभयो ।

साथै अध्यक्ष शर्माले भन्नुभयो भोलि अर्थात आइतबार देखि नै मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तीका प्रतिक भएको हुदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । मालिकामा शिव बैकुण्ठ चतुर्दर्शीका अवसरमा गुल्मी तथा बाग्लुङ्ग र अर्घाखाँची समेत गरि झण्डै १० हजार जना दर्शनार्थीहरुले मालिका मन्दिरको दर्शन गरेको मन्दिर समितिले जनाएको छ ।

तश्वीर :कौरव खत्री



प्रतिक्रिया दिनुहोस्