Logo

वामदेवका प्रतिस्पर्धी सञ्जय भन्छन्,‘यो भीडन्तमा म बाजी मार्छु’



काठमाडौं । बर्दियामा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनवीच रोचक भीडन्त हुँदैछ । बर्दियाको क्षेत्र नम्बर १ मा एमाले उपाध्यक्ष वामदेव गौतम र कांग्रेसबाट हालका सिँचाईमन्त्री सञ्जय गौतमवीच कडा प्रतिष्पर्धा हुँदैछ । हुन त वामदेव वेटिङ प्रधानमन्त्रीको रुपमा चिनिन्छन् । बाठबन्धनले चुनाव जिते त प्रधानमन्त्रीका सम्भावित उम्मेदवार नै रहेका बामदेव गौतमसँग प्रतिस्पर्धामा छन् काँग्रेसबाट अर्का गौतम सञ्जय ।

गौतम काँग्रेसको जिल्ला अध्यक्ष हुन् भने अर्का वामदेव गौतम एमालेका केन्द्रीय उपाध्यक्ष हुन् । उनीहरुबीच यो पटक चुनावी भीडन्त हँदैछ । यी दुई बीचको चुनावी भीडन्तका कारण बर्दिया अहिले राष्ट्रिय राजनीतिमा समेत चर्चा तथा परिचर्चा सुरु भएको छ । ०६४ मा बर्दिया क्षेत्र नं १ मा नेकपा माओवादीकी सरला रेग्मीसँग पराजीत भएका बामदेव गौतम सोही वर्ष वर्दिया क्षेत्र नं २ बाट माओवादीका विष्णुप्रसाद चौधरीसँग पराजित भएका थिए । मनान्तरको हिसावले पनि दुबैको मत त्यति तलमाथि थिएन ।

२०७१ सालको चुनावमा उनीहरु दुबै जना २०६४ सालमा पराजीत भएको ठाउँमा नै उम्मेदवार बने र दुबैले चुनाव जिते पनि । त्यतिबेला वर्दियामा ३ वटा निर्वाचन क्षेत्र थियो । तर, अहिले वर्दियामा दुई क्षेत्र मात्रै रहेका छन् । जसले गर्दा यी दुई क्षेत्रका गौतमहरुबीच भीडन्त हुने देखिएको छ ।

सञ्जय गौतमले केही दिनअघिमात्रै रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा पत्रकारसँगको कुराकानीमा आफूलाई बाम एकताले कुनैपनि डर पैदा नगरेको प्रतिक्रिया दिएका थिए । उनले आफू यस्तै अफ्टेराहरुमा रमाउने आदत बसिसकेको भन्दै उनी बाम एकताले कार्यकर्तालाई त एकीकृत गराउला गठबन्धनमा जोड्ला तर, जनता सधैं स्वतन्त्र हुने भन्दै आफू जनताको मतले विजयी हुने बताउँछन् । कार्यकर्ताले अवस्य पनि गठबन्धनमा भोट हाल्ने भन्दै स्वतन्त्र जनताले त आफूलाई नै भोट हाल्ने बताउँछन् ।

अर्का एमाले उपाध्यक्ष बामदेव गौतम पनि केन्द्रीय स्तरका नेता हुन् र संविधानसभाको दोस्रो ठूलो दलको प्रभावशाली नेतापनि हुन् । त्यसैले लोकतान्त्रिक गठबन्धन र बाम गठबन्धनबीच यो निर्वाचनमा कडा भीडन्त पर्ने भने देखिन्छ । सञ्जय गौतम प्रधानमन्त्रीमा चर्चामा आएका गौतमलाई हराउने क्षमता काँग्रेससँग अहिले रहेको बताउँछन् । उनी त्यही हेवी वेट नेतासँगको भीडन्तमा नै आफूलाई खुशी लागेको बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्