Logo

उम्मेदवारी रद्द भएपछि गोविन्दराज जोशीले भने, “निर्वाचन आयोगको निष्पक्षतामाथि विश्वास भएन”



१९ कात्तिक, तनहूँ । निर्वाचन आयोगद्धारा उम्मेदवारी रद्ध गरिएका तनहुँ क्षेत्र नम्बर १ का कांग्रेसका बागी उम्मेदवार गोविन्दराज जोशीले निर्वाचन आयोगको निर्णय अप्रजातान्त्रिक र असम्वैधानिक भएको टिप्पणी गरेका छन् ।

आइतवार दमौलीमा पत्रकार सम्मेलन गरी जोशीले निर्वाचन आयोगको निर्णयले कानुनी शासनको उल्लघंन भएको जिकिर गरे ।

यद्यपी उम्मेदवारी रद्ध भयो भन्ने बारेमा सञ्चारमाध्यमबाट सुनेको तर आयोगले कुनै आधिकारि जानकारी नगराएको जोशीले बताए ।

निर्वाचन आयोगको निर्णयप्रति असन्तुष्ट बनेका जोशीले भने, ‘निर्वाचन आयोग स्वतन्त्र र निष्पक्ष भएन, सत्ताको प्रभाव र दवावमा पर्‍यो ।’ ‘कुनै उम्मेदवारविरुद्ध उजुरी परेमा सात दिनको म्याद दिएर स्पष्टीकरण लिने प्रावधानको खिल्ली उडाउँदै स्पष्टीकरणको मौका समेत दिइएन ।’

आयोगको निर्णयपछि के गर्ने भन्ने बारेमा कानुनविदहरुसँग छलफल गरिरहेका छन् ।

सवोच्चमा जाने वा नजाने भन्ने विषयमा जोशीले चुनाव अदालतले गर्ने नभई आयोगले गर्ने हुँदा आयोगको निष्पक्षतामाथि विश्वास उडेको उनले बताए ।

तनहूँ क्षेत्र नम्बर १ मा कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलबिरुद्ध बागी उम्मेदवारी दिएका जोशीबिरुद्ध पौडेलले उम्मेदवार हुन अयोग्य भएको दावीसहित निर्वाचन आयोगमा उजुरी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्