Logo

नयाँ शक्ति नेपालको कालिकोटमा काँग्रेसलाई समर्थन



काठमाडौं, १९ कार्तिक । कालिकोटमा नयाँ शक्ति नेपालले आगामी मंसिर १० गते हुने प्रदेश र केन्द्रको निर्वाचनमा काँग्रेसलाई समर्थन गर्ने भएको छ ।

प्रतिनिधि सभा सदस्यका उम्मेद्वार नेपाल तरुण दलका महासचिव एवम् काँग्रेस यूवा नेता भूपेन्द्रजंग शाहीले कालिकोटमा नयाँ शक्ति नेपालले समर्थन गरेसँगै लोकतान्त्रिक पक्ष बलियो बनेको बताएका छन् ।

रिपोर्टर्सनेपालसँगको कुराकानिमा महासचिव शाहीले भने,‘कालिकोटका जनताले पार्टी भन्दा व्यक्ति र काम गरेको व्यक्तिलाई भोट दिनेमा म ढुक्क छु, कालिकोटका जनता आफुलाई योग्य प्रमाणित गर्ने अवसरलाई पर्खेका छन्, त्यो दिन मंसिर १० नै हो, सुन्दर कालिकोटलाई सम्मृद्ध बनाउँने कामममा मेरो कुनै पनि भूमिका रहने छ।’

राप्रपा, राप्रपा ‘प्रजातान्त्रिक’ लगायत दलहरुले यहाँ भन्दा पहिले नै काँग्रेसलाई समर्थन गरि सकेका छन् । आज मात्रै नयाँ शक्ति नेपाल कालिकोटले उम्मेद्वार फिर्ता लिएको छ ।



प्रतिक्रिया दिनुहोस्