Logo

एमाले माओवादी मिल्दा एमालेलाई घाटा माओवादीलाई फाइदा, बहुमत आउँदैन : सिपी मैनाली(भिडियोसहित)



कात्तिक २०, काठमाण्डौ । नेकपा मालेका महासचिव सिपी मैनालीले वाम गठबन्धनले बहुमत ल्याउन नसक्ने दाबी गरेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै महासचिव मैनालीले सत्ता प्राप्तीका लागि गरिएको वाम गठबन्धनले जनताको हितमा काम गर्न नसक्ने भन्दै बहुमत ल्याउने भनेर गरिएको प्रचार दिवा सपना भएको जिकिर गरे ।

एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई धोका दिएको भन्दै मैनालीले चुनावी तालमेलका लागि ३ सिट माग्दा पनि नदिएको आरोप लगाए । एमाले र माओवादीले नेकपा मालेलाई नै विलय गराउने गरी प्रस्ताव राखेको खुलासा गर्दै मैनालीले उक्त प्रस्ताव अस्विकार गरेको बताए ।

वाम गठबन्धनले गर्दा एमालेलाई घाटा र माओवादीलाई फाइदा भएको मैनालीको तर्क छ ।

मैनालीसँग ऋषि धमलाले गरेको कुराकानी :



प्रतिक्रिया दिनुहोस्