Logo

डा. प्रकाशसरण महतले भने, “इश्वर पोख्रेल टुरिष्ट उम्मेदवार, उनलाई हराउने यस्तो छ योजना” (भिडियोसहित)



कात्तिक २०, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा.प्रकाशसरण महतले आगामी चुनावमा वाम गठबन्धनले बहुमत ल्याउन नसक्ने दाबी गरेका छन् । टेलिभिजन कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै नेता महतले नेपाली कांग्रेसले वाम गठबन्धनलाई पराजित गरेर सरकार गठन गर्ने जिकिर गरेका छन् ।

“वामपन्थीलाई पराजित गर्न कांग्रेस सक्षम छ । कांग्रेसको बहुमत आउँछ, सरकार पनि कांग्रेसले चाहेअनुसारको बन्छ ।” महतले भने ।
काठमाण्डौ क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका महतले उक्त क्षेत्रमा आफ्नो जित सुनिश्चित रहेको दाबी गरे । वाम गठबन्धनका उम्मेदवार इश्वर पोखरेल टुरिष्ट उम्मेदवार भएको आरोप लगाउँदै महतले जनताले आफ्नो पक्षमा मतदान गर्ने विश्वास व्यक्त गरे ।

नेपाली कांग्रेसले सन्तुलित ढंगले उम्मेदवार छनौट गरेको महतको भनाई छ । आफूलाई पैसाको विटो देखाएर टिकट माग्न आउनेलाई नदिएको भन्दै महतले भने, “पैसाको बिटा लिएर आएका थिए, तर मैले लिइन । योग्य उम्मेदवारलाई टिकट दिएर पठाएका छौँ ।”
महतसँग ऋषि धमलाले गरेको कुराकानी :



प्रतिक्रिया दिनुहोस्