Logo

डा. नारायण खड्काको दाबी : चुनावपछि एमाले–माओवादी केन्द्रको गठबन्धन टुट्छ



“म त धेरै मार्जिन राखेर जित्छु भन्नेमा विश्वस्त छु”
काठमाडौं, २० कार्तिक । नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले एमाले र माओवादीवीचको अन्तरकलहका कारण आफ्नो पार्टीले आगामी चुनावमा राम्रो नतिजा ल्याउने दाबी गरेका छन् ।

सोमबार विहान आफ्नै निवासमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै उदयर क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका उम्मेद्धवार समेत रहेका खड्काले यस्तो दाबी गरेका हुन् । उनले भने,“एमाले र माओवादीवीच ६० र ४० को भागबण्डाको कलह अहिले छताछुल्ल भैसकेकोे छ, यसले कम्युनिष्ट एलायन्सहरुले भनेजस्तो नतिजा आउँदैन्, हाम्रो पार्टीले आरामजनक रुपमा केन्द्रिय संसदमा प्रत्यक्षतर्फ ७५ देखि ८० सिट जित्छौं, प्रदेशमा पनि हामी सम्मानजनक रुपमा जित्छौं।”

खड्काले एमाले र माओवादीवीचको गठबन्धन चुनापछि भत्किने समेत ठोकुवा गरे । उनले थपे,“लेखेर राख्नुहोस्, एमाले र माओवादीवीचको गठबन्धन चुनावपछि टिक्दैन्, केन्द्रिय स्तरमा ओली र प्रचण्ड मिलेर मात्रै हुँदैन नि, तल्लो स्तरमा अर्थात आम कार्यकर्तामा व्यापक असन्ुतष्टि छ, यसले गर्दा हामी आँत्तिनुपर्ने अवस्था छैन, मैले त सुरुदेखि नै भनेको छु, यो वाम गठबन्धन पनि होईन, यसलाई म कम्युनिष्टको एलायन्स भन्ने गरेको छु, हामी पनि प्रगतिशील र समाजवदाी भएको नाताले अन्र्तराष्ट्रिय परिभाषा अनुसार लेफ्ट अर्थात बाम नै हौं नि।”

उनले एमाले र माओवादी केन्द्रले जसरी हल्ला गरे पनि उनीहरुको नारा खोक्रो रहेको आरोप लगाए । उनले भने,“उनीहरुले ठूलो ठूलो कुरा गर्छन, तर बोलेजस्तो सजिलो छैन्।”

नेता खड्काले आफू त सुरुदेखि नै कांग्रेस र माओवादी केन्द्र दुवै परिवर्तनका एजेण्डा बोकेर हिँड्ने पार्टी भएकोले केही वर्ष अझै सहकार्य लम्बिनुपर्दथ्यो भन्ने पक्षमा भएपनि अन्तिममा आएर माओवादीले कांग्रेससँगको सहकार्य तोडेर एमालेसँग सहकार्य गरेकोप्रति गुनासो पोखे । उनले थपे,“म त सुरुदेखि नै हाम्रो पार्टी र माओवादी केन्द्रवीच सहकार्य हुनुपर्छ भन्ने पक्षमा थिएँ, मुलुकलाई संकट पर्दा चाहिने नेताको रुपमा मैले प्रचण्डजीको बारेमा बोल्दै गरेको थिएँ, तर उहाँले मेरो विश्वासमा धरायशी बनाईदिनुभयो, उहाँ त क्रान्तिकारी छवि भएको नेता हुनुहुन्छ।”

उनले सुरुमा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच वाम गठबन्धन बनाउँदा आफूहरुको नेतृत्वले अत्तालिएर हतारको टिप्पणी गरेको उल्लेख गर्दै भने,“हाम्रो नेतृत्वले अलिकति हतारमा टिप्पणी गर्यो, तर उनीहरुले भनेजस्तो यहाँ केही पनि हुनेवाला छैन, तर कतै दुर्ई तिहाई नै मत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउने हुन कि भन्ने डर त सर्वत्र देखिएको थियो, र अहिलेपनि कहीँकतै त्यस्तो देखिएको छ, तर अब उनीहरुले भनेजस्तो अंकगणित आउने संभावना छैन।” उनले माओवादी र एमालेवीच भएको ६० र ४० को भागबण्डा नै उनीहरुको लागि आन्तरिक कलहको विजारोपण भएको सुनाए ।

नेता खड्काले पार्टीले उम्मेद्धवार चयन गर्दा सही र योग्य व्यक्तिहरुलाई पहिला छान्नुभन्दापनि आफ्ना नजिकका आसेपासेहरुलाई राखेको भन्दै असन्तुष्टि समेत पोखे । यद्धपी उनले पार्टीले जसलाई टिकट दिएपनि योग्य र सक्षम व्यक्तिलाई नै टिकट दिएको भन्दै एकजुट भएर एकै स्वर र नाराका साथ चुनावी महासंग्राममा होमिन तमाम नेता तथा कार्यकर्ताहरुलाई अपिल समेत गरे ।

उनले आफूहरुले एमाले र माओवादी केन्द्रजस्तो जताततै सिट संख्यामा तालेमल नगरेको समेत स्पष्ट पारे । उनले थपे,“हामी त यो चुनाव आफ्नै बलबुता र तागदमा उभिएर लड्दैछौं, केही नेताहरुलाई भने हामीले सघाउने निर्णय गरेका छौं, जस्तो महोत्तरीमा राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई सघाउने, सुनसरी अशोक राईजीलाई सघाउने निर्णय गरेका छौं, त्यस्तै राप्रपाका केही नेताहरुलाई पनि हामीले सघाउने निर्णय गरेका छौं।”

उनले आफू आरामजनक रुपमा चुनाव जित्नेमा विश्वस्त रहेको बताए । उनले आफूलाई टिकट दिने बेलामात्रै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले खुलेर प्रशंसा गरेको कुरा उल्लेख गर्दै भने,“हेर्नुहोस्, मैले कति काम गरेको छु भन्ने कुरा उदयरपुरका जनतालाई मात्रै होईन, सबैलाई थाहा छ, स्वयम् हाम्रो आदरणीय पार्टी सभापति एवम् प्रधानन्त्री देउवाजीले मेरोबारेमा प्रशंसा गर्नुभएको थियो, उहाँले मैले धेरै काम गरेको छु भनेर नै यो विश्वासका साथ टिकट दिएकोले म जनता जनार्दन भनेर हिँडेको छु, वाम गठबन्धन नभएको भए ठूलो मार्जिनमा विजयी हाँसिल गर्थैं, तर अहिले पनि आरामजनक रुपमा विजय प्राप्त गर्छु।”

उनले जनता ईश्वर भएकोले आफूलाई जनताले मत दिनेमा विश्वस्त रहेको बताउँदै थपे,“म कहिल्यैपनि खोक्रो कुरा गर्दिन, विकास भन्ने कुरा गरेर देखाउने हो, मैले कति काम गरें भन्ने कुरा सबैलाई थाहा छ, उदयपुरको मेरो क्षेत्रमा मात्रै होईन, अरु क्षेत्रमा पनि काम गरेको छु, बाटोघाटो, पुल, कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा धेरै काम गरेको छु, आगामी दिनमा समेत म विकासका लहरहरु ल्याउनेछु।”



प्रतिक्रिया दिनुहोस्