Logo

कहिल्यै बर्दिया नफर्किने किरिया खाएका बामदेव बर्दियामै चुनाव लड्न आएपछि जनता रुष्ट



वामदेवका प्रतिद्धन्द्धी सञ्जयप्रति चुलिँदो जनलहर
बर्दिया, २१ कार्तिक । बर्दिया क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट एमालेका उपाध्यक्ष वामदेव गौतम र नेपालि कांग्रेसका तर्फ बाट सिचाई मन्त्री सन्जय गौतमविच कडा प्रतिस्प्रधा हुने देखिएको छ ।

वाम गठबन्धन बलियो देखिदा देखिदै पनि, वामदेव गौतम केहि कारणले कमजोर हुदैछन । किन कमजोर हुदैछन त वामदेव गौतम ? वामदेव गौतमले विगतमा बर्दिया जिल्लाई छोडेर प्युठान जिल्ला रोजेका कारण स्थानिय तहमा उनको निकै आलोचना भईरहेको छ ।

बर्दिया जिल्लाले वामदेव गौतमलाई धेरैपटक निवार्चित गरायो, बर्दियाली जनताले दिएको मतले उनि उपप्रधान तथा गृह मन्त्री समेत भए । उनै वामदेव हुन जस्ले बर्दियाको माया मारेर आफ्नो जन्मस्थान प्युठान जिल्ला रोजे । फेरि अहिले आएर बर्दियाबाट चुनाव लड्दैछन, प्युठान जिल्लालाई छोडिदिय ।
दोस्रो संविधान सभामा प्युठान गएका वामदेव गौतमले हरेक चुनावि सभामा भनेका थिए, म प्युठान फर्के, अव कतै जाँदिन, यहिं मर्नेछु । यहिको श्रीखण्डले जलाई दिनु ।

जन्मस्थलमा फर्किएका नेतालाई प्युठानबासीलेपनि स्वागत नै गरे, राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने नेता भएकाले मतदाताको पनि उनिप्रति सहानुभुति रह्यो । सिँगो प्युठान जिल्लाबासीका सामु गौतमले ३४ बुँदे विकासका प्रतिबद्घता पनि सार्वजनिक गरेका थिए । निर्वाचन जितेर उनी गृह तथा उपप्रधानमन्त्री पनि भए । अहिले फेरी उनले प्युठान छोडेर बर्दिया रोजे । आज उनीसँग उता प्युठानवासी रुष्ट छन, यता बर्दियाली त झनै नहुने कुरै भएन ।

वामगठबन्धनलाई कमजोर बनाउने अर्को पक्ष वामदेवकै क्षेत्रमा वागि उम्मेद्घार उठ्नु हो । वामदेव गौतमले संगठनमा आफुलाई मन नपरेका मान्छेलाई कुनैपनि भुमिका नदिने गरेको बताउँदै आएका बर्दिया क्षेत्र नं १ मा प्रदेशसभाका लागि एमालेकै प्रभावसालि नेता खड्क बहादुर खड्काले स्वतन्त्र उम्मेद्घारी दिएका छन । खड्काले बर्दिया क्षेत्र नं १ प्रदेश ‘क’ मा वामदेव गौतम पक्षका उम्मेद्घार कविराम थारुविरुद्घ उम्मेद्घारी दिएका छन । हुन त अहिले उम्मेद्घारी फिर्ता भैसकेको छ, तर खड्का पक्षका सर्मथकहरु भने अझै रुष्ट नै छन ।

वामदेव कमजोर हुने अर्को पक्ष, उनका प्रतिद्धन्दी सिँचाईमन्त्री सञ्जय कुमार गौतमले मन्त्री भएको छोटो समयमा राम्रा काम गरेर देखाईदिनु पनि हो । सिँचाईमन्त्री गौतमले मन्त्री भएको दोस्रो महिनामै बर्दिया जिल्लामा ‘जल उत्पन्न प्रकोप व्यवस्थापन विभागको कार्यालय’ खोलेर यहाँका जनताको मन जितेका छन् ।

अब जिल्लामा नदि, नालाले पार्ने असरलाई व्यवस्थापन गर्न जिल्लाबाटै सकिनेछ । सिँचाईमन्त्री गौतमले संविधान सभाको निर्वाचनका बेला आफु निर्वाचित भएमा आफुले पाउने सेवा स्थानीय जनताको विकासमानै खर्च गर्ने बताएका थिए । उनी निर्वाचित पनि भए । मन्त्री पनि भए र उनले पाएको सुविधा स्थानीय जनतालाई नै खर्च गरेर आफूले बोलेका कुरा पूरा गरिदिए । गौतम मनशा, वाचा र कर्मले आफूले बोलेको कुरा पूरा गर्न कतिपनि पछि हट्दैनन् । उनी विकासप्रेमी नेता हुन् । उनी जनताको दुःख देख्न सक्दैनन् ।

बर्दिया जिल्ला कांग्रेसका सभापति समेत रहेका सिँचाई मन्त्री गौतम शालिन स्वभावका नेता मानीन्छन । स्थानीय जनतासँग छिट्टै घुलमिल हुन सक्ने मन्त्री गौतमप्रतिको जनलहर दिनप्रतिदिन चुलिँदो छ । उनीप्रति जनता निकै आशावादी छन् । विकासको लहर ल्याउन सक्ने नेताको छबि बनाएका सञ्जय कम बोल्ने तर बोलेको कुरा पूरा गर्ने नेताको रुपमा सिँगो देशमा नै चिनिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्