Logo

राज्यले उपर्युक्त आर्थिक नीति नबनाएको कारण मुलुक विकासमा पछि पर्यो : ढकाल



प्रकाश खनाल : बुटवल,कार्तिक २१ । नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डिराज ढकालले राज्यले उपयुक्त आर्थिक नीति नबनाएका कारण मुलुकको आर्थिक बिकासले गति लिन नसकेको बताएका छन् ।

पछिल्लो समय नेपालको आर्थिक क्षेत्रले केही सहजताको महसुस गरेपनि लगानिमैत्री वातावरणकालागि उपयुक्त आर्थिक नीतिको अभाव रहेको बताए ।
रिपोर्टर्स क्लव नेपाल रुपन्देहीद्धारा मंगलबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माहासंघका बिशिष्ट सदस्य समेत रहेका ढकालले नेपालको नीजि क्षेत्र लगानिमैत्री आर्थिक नीतिको प्रतिक्षामा रहेको बताए ।

अहिले हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा बिभिन्न राजनीतिक दलबाट मुलुकभर झण्डै पाँच दर्जन उद्योगि व्यवसायी चुनाबि मैदानमा उत्रिएको जानकारी गराउदै ढकालले नीति निर्माण तहमा उद्योगि व्यवसायीको प्रतिनिधित्वले देशको आर्थिक बिकासका लागि उपयुक्त नीति निर्माण गर्न महत्वपुर्ण भुमिका हुने बिचार व्यक्त गरे ।

१० बर्षे ससस्त्र युद्ध,क्षेत्रिय तथा जातिय आन्दोलन,बन्द हड्ताल,बिनासकारी भुकम्प र नाकाबन्दिका कारण थला परेको निजि क्षेत्र पछिल्लो समय बिस्तारै बामे सर्ने प्रक्रियामा रहेपनि उपयुक्त आर्थिक नीतिको अभावमा आशातित सफलता हासिल गर्न नसकेको भन्दै उनले लगानिमैत्री आर्थिक नीति ल्याउनुपर्ने कुमा जोड दिए ।

दुई छिमेकी मुलुक भारत र चिन विश्वकै ठुलो अर्थतन्त्र भएको मुलुकको रुपमा उभ्याउने प्रतिष्पर्धामा उत्रिइरहदा नेपाल भने झिना मसिना कुरामा अल्झिदा मुलुकको आर्थिक बिकासले गतिलिन नसकेको भन्दै उनले तिब्र आर्थिक बिकासको क्रममा रहेका छिमेकी मुलुकबाट नेपालले समुचित लाभ लिन नसक्नु आफैमा दुखको कुरा भएको टिप्पणि गरे ।

मुलुकको व्यापार घाटा कहालिलाग्दो अवस्थाबाट गुज्रिएको भन्दै उनले राज्यले आयात प्रतिस्थापन र निर्यातमुखी आर्थिक नीति अवलम्वन गर्नुपर्ने आवस्यकता औल्याए ।

मुलुकमा सञ्चालन भएका केही ठुला उद्योगहरु बन्द हुदै जाने र नयाँ उद्योगहरु स्थापना नहुदा दैनिक दुई हजारको हारहारीमा नेपालको युवा जनशक्ति बिदेस पलाएन हुनुपर्ने बाध्यता रहेको बताउदै ढकालले त्यसलाई रोक्न मुलुकलाई औद्योगिकिकरण गर्नुपर्ने कुरामा जोड दिए ।

नेपालमा सञ्चालित बिकास निर्माणका आयोजनाहरु समयमै सम्पन्न नहुने समस्या रहेको भन्दै उनले भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल र बुटवल–बेलहिया व्यापारीकमार्ग बिस्तार आयोजनाको काममा पनि ढिलाईलाई उदाहरणको रुपमा प्रस्तुत गरे । उनले बिकास निर्माण आयोजनाहरु निर्धारित समयमै सम्पन्न गनुपर्ने बाध्यात्मक व्यवस्था गर्नुपर्ने कुरामा समेत जोड दिए ।



प्रतिक्रिया दिनुहोस्