Logo

हिरक महोत्सवले गर्दा विद्यालयलाई झण्डै आधा करोड आर्थिक सहयोग जुट्यो 



कौरव खत्री : गुल्मी/बाग्लुङ्ग २१ कात्तिक । बाग्लुङ्गको एक विद्यालयको लागि जापानका विभिन्न स्थानबाट झण्डै आधा करोड आर्थिक सहयोग संकलन जुटेको छ ।
गल्कोट नगरपालिका वडा नं. ८ काडेवासमा रहेको जनजागृति माध्यमिक विद्यालयको लागि रु ४९ लाख, ७८ हजार, ७ सय, ४५ रुपैया संकलन भएको विद्यालयका शिक्षक सोमलाल सापकोटाले जानकारी दिनुभयो ।

जापानका ओसाका,टोकियो,नागोयामा रहेका विद्यालयका ५० जना भूतपूर्व विद्यार्थीहरुबाट आर्थिक रकम संकलन जुटेको शिक्षक सापकोटाले जानकारी दिनुभयो ।

विद्यालयले आफ्नो ६० बर्ष पूरा गरेको अवसरमा आँउदो माघ महिनाको १० देखि १४ सम्म विद्यालयले बृहत रुपमा मनाउन गइरहेको हिरक महोत्सवलाई मध्यनजर गदै विद्यालयले जापानका विभिन्न स्थानहरुमा रहेका यस क्षेत्रका नेपालीहरुबाट आर्थिक संकलन अभियानलाई तिव्रता दिएको विद्यालयका शिक्षक सोमलाल सपकोटाले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot