Logo

समाजकल्याण कोषका लागि रु एक करोड



सुरुङ्गा, झापा, २२ कात्तिक  : पूर्ण–टुङ्ग समाज कल्याण कोषको स्थापनाका लागि झापाको बिर्तामोड नगरपालिका–१ निवासी समाजसेवी टुङ्गबहादुर बस्नेतले रु एक करोड प्रदान गर्नुभएको छ ।

प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने व्यक्तिलाई कोषको ब्याजबाट प्राप्त रकमले पुरस्कृत गर्ने गरी कोष स्थापना गरिएको कोषका सञ्चालक गोपालकुमार बस्नेतले जानकारी दिनुभयो ।

सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउँदै आउनुभएका बस्नेतले मंगलबार बिर्तामोडस्थित शिव नर्वदेश्वर धाम परिसरमा आयोजित स्कन्द महापुराण समापन समारोहका अवसरमा कोषको घोषणा गर्दै रकम प्रदान गर्नुभएको हो ।

सोही अवसरमा उहाँले ज्येष्ठ नागरिक जिल्ला संघ, झापालाई रु १५ लाख मूल्य बराबरको पाँच धुर जमिन प्रदान गर्नुभएको छ । संघको भवन निर्माणका लागि उहाँले सो जमिन प्रदान गर्नुभएको हो ।

समाजसेवी बस्नेतले प्रदान गरेको जमिन संघका जिल्ला अध्यक्ष भवानी दाहाल, सहसचिव लक्ष्मीप्रसाद पाण्डे, कोषाध्यक्ष ईश्वरीप्रसाद तिमल्सिना, बिर्तामोड नगरपालिका वडा नम्बर १ का अध्यक्ष रत्नबहादुर बस्नेत तथा उपाध्यक्ष डम्बरबहादुर बस्नेतको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्