Logo

निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्छ : राज्यमन्त्री लामा



जुम्ला, २२ कात्तिक : उद्योग राज्यमन्त्री रेशमबहादुर लामाले समाजिक न्याय र आर्थिक समृद्धिका लागि निमुखालाई न्याय र विपन्नलाई आय दिनुपर्ने आवश्यकता औंल्याउनुभएको छ ।

सन्ध्या फाउण्डेशन नेपालको प्रथम साधारण सभाको उद्घाटन गर्दै उहाँले भन्नुभयो – “स्वदेशमै रोजगारी वृद्धि गर्ने खालका उद्योगलाई सरकारले विशेष प्राथमिकतामा राखेको छ ।”

यसैगरी राज्यमन्त्री लामाले जुम्लाका उद्योगी, व्यवसायी र उपभोक्तासँगको अन्तरक्रिया कार्यक्रममा लगानीमैत्री वातावरण सृजना गर्न सरकार लागि परेको बताउनुभयो ।

सो अवसरमा आर.के.स्याउ तथा फलफूल डिस्टिलरी उद्योगका सञ्चालक रामकृष्ण चौलागार्इंले औद्योगिक नगर निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।

यसअघि राज्यमन्त्री लामाले उद्योग विकास शाखा जुम्लाका गतिविधि, आर.के.स्याउ तथा फलफूल डिस्टिलरी उद्योग, नीलकण्ठ चाना उद्योग र झोला तथा राडीपाखी उद्योग जुम्लाको अनुगमन तथा अवलोकनसमेत गर्नुभएको थियो । (रासस)

 



प्रतिक्रिया दिनुहोस्