Logo

संविधान, लोकतन्त्र र संघीयता रक्षाका लागि निर्वाचनमा : गच्छदार



इटहरी, २२ कात्तिक : नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले संविधान, लोकतन्त्र र संघीयता रक्षाका लागि आफ्नो पार्टी चुनावी अभियानमा होमिएको बताउनुभएको छ ।

आज काँग्रेस निर्वाचन क्षेत्र नम्बर ३ ले सुनसरीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले नेपाली जनताले त्याग र समर्पण गरेर ल्याएको लोकतन्त्र र संविधान कार्यान्वयन गर्दै देशलाई समृद्ध तुल्याउन काँग्रेसको जीत सुनिश्चित गर्न जरुरी रहेकामा जोड दिनुभयो ।

नेता गच्छदारले देशलाई गलत दिशातर्फ लैजान वाम गठबन्धन बनेको आरोपसमेत लगाउनुभयो ।

अबको निर्वाचनमा लोकतन्त्र पक्षधरबीचको गठबन्धनलाई आम नेपाली जनताले आफ्नो अभिमत दिने वातावरण सिर्जना गर्न सम्पूर्ण प्रजातन्त्र पक्षधर शक्तिहरू एक ढिक्का हुनुपर्ने उहाँको भनाइ थियो ।(रासस)



प्रतिक्रिया दिनुहोस्