Logo

मधेशमा एमालेलाई सघाउने उपेन्द्रको चेतावनीपछि देउवा तनाबमा



काठमाडौं, २२ कार्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई फोन गरेर कांग्रेस नसच्चिए मधेशमा एमालेका उम्मेद्धवारलाई विजयी गराईदिने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नं. २ का संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णयबाट नेपाली कांग्रेस पछि हटे लगत्तै उनले देउवालाई फोन गरेर यस्तो धम्की दिएका हुन । आज चुनावी अभियान लिएर धनुषाको जनकपुर पुगेका प्रधानमन्त्री देउवालाई यादवले यस्तो चेतावन िदिएपछि देउवापनि अहिले तनाबमा रहेको बुझिएको छ ।

हुन त कांग्रेसले महोत्तरी ३ मा महन्थ ठाकुर र सप्तरी २ मा यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिन निवेदन दिएको थियो । यादवको क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका सकलदेव सुतिहारले उम्मेदवारी फिर्ताका लागि निवेदन पनि दिएका थिए । तर, ढिला भएका कारण फिर्ता भएको थिए ।

उम्मेदवारी कायमै रहेपनि यादवलाई समर्थन गर्दै कांग्रेसका उम्मेदवारले प्रचार(प्रसार नगर्ने बताएका थिए । तर, अब कांग्रेसले प्रतिनिधिसभातर्फ पनि आफ्नै उम्मेदवारलाई भोट माग्ने निर्णय गरेको छ ।

बुधबार राजविराजस्थित पार्टी कार्यालयमा भएको बैठकले आफ्नै उम्मेदवारलाई भोट माग्ने निर्णय गरेपछि अहिले फोरम कांग्रेसप्रति आक्रमक बनेको हो ।



प्रतिक्रिया दिनुहोस्