Logo

रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउनुपर्ने शशांक कोइरालाको तर्क, धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने



२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले चुनावपछि कांग्रेसले सरकारको नेतृत्व गर्ने अवस्था आए वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सार्नुपर्ने बताएका छन् । शेरबहादुर देउवाको विकल्प खोज्नुपर्ने समय आएको बताउँदै महामन्त्री शशांक कोइरालाले पौडेललाई अघि सारेका हुन् । यद्यपी कोइरालाले पौडेलसँगै आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् ।

बुधबार साँझ बीबीसी नेपाली सेवालाई दिएको अन्तरवार्तामा कोइरालाले शेरबहादुर पार्टी सभापति भएका नाताले आफै प्रधानमन्त्री बनुँ भन्ने लाग्नु स्वभाविक भएको बतताउँदै प्रधानमन्त्रीमा परिर्वतन आउनुपर्ने तर्क गरे ।

प्रधानमन्त्रीमा हुनुपर्ने सबै गुण पौडेलमा रहेको बताउँदै कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आएमा पौडेल नै उत्तम विकल्प भएको बताए ।

कांग्रेसका अर्का नेता प्रकाशमान सिंहले पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका छन् ।

उनले आगामी चुनावपछि धर्मनिरपेक्षताबारे जनमत संग्रह गराउनुपर्ने धारणा राखेका छन् । यदि एमाले माओवादी गठबन्धनले जिते र जनमत संग्रह गरिएन भने जनता आफैं उठ्ने कोइरालाले बताएका छन् ।

राजतन्त्रबारे भने जनमत संग्रह गर्नु नपर्ने कोइरालाले बताए । उनले भने, अब राजतन्त्र फर्काएर केही हुनेवाला छैन ।’

महामन्त्री कोइरालाले पार्टीको आगामी महाधिवेशनमा सभापति उठ्ने सोचमा रहेको समेत बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्