Logo

एमाले–माओवादी पार्टी एकताको अभ्यास सुरु, गोर्खाबाट ओली र प्रचण्डको संयुक्त सम्वोधन हुने



कात्तिक २३, काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयुक्त चुनावी सभा आगामी २९ गते गोर्खाबाट शुरु हुने भएको छ । गोर्खाका चार स्थानमा सभा आयोजना गर्नै तयारी वाम गठबन्धनले गरेको छ । ति सभामा दुवै दलका अध्यक्षले सम्बोधन गर्नेछन् ।
चुनावी अभियानको क्रममा शीर्ष नेताहरु पुग्न नभ्याएको स्थानमा दुबै पार्टीका नेताहरुले अनुकुल मिलाएर सम्वोधन गर्ने योजना बनाइएको छ ।

वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र कांग्रेसको सहयोगमा डा. बाबुराम भट्टराई उम्मेदवार बनेकाले गोर्खाबाट नै चुनावी सभा सुरु गर्न लगिएको बताइएको छ ।

गोर्खापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ ।

झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ ।

यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।

दुई दलले चुनावका हरेक कार्यक्रम संयुक्त व्यानरमा गर्न र संयुक्त चुनाव प्रचार समिति गठन गर्न पनि निर्देशन दिएको छ । सोही निर्देशन अनुसार पत्रकार भेटघाट, भेला, प्रशिक्षण लगायतका कार्यक्रम एउटै ब्यानरमा एमाले र माओवादीको चुनाव चिह्न राखेर हुँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्