Logo

जतताले निर्वाचनमा आफ्नो विवेकलाई उच्चतम प्रयोग गर्छनः सिटौला



भद्रपुर, २३ कार्तिक । नेपाली काँग्रेसका नेता एवं झापा निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले सार्वभौम नेपाली जनताले आसन्न निर्वाचनमा आफ्ना विवेकलाई उच्चतम प्रयोग गर्ने आशा व्यक्त गर्नुभएको छ ।

झापाको भद्रपुरस्थित सिटी गार्डेनमा आज पत्रकारसँग भेटघाट गर्दै उहाँले विगतमा आफूले जनताको संविधान बनाउँछु भनेर मत मागेको थिएँ, त्यो काम पूरा गरेकाले नै जनताले आफूलाई यस क्षेत्रबाट प्रतिनिधि बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उम्मेदवार सिटौलाले संघीय प्रणालीमा मुलुक गइसकेपछि पहिलो निर्वाचनमा समृद्ध राष्ट्र निर्माण गर्न र जनताको संविधानलाई संस्थागत एवं संरक्षण गर्न आफूले उम्मेदवारी दिएको उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्न रू तीन अर्ब ५० करोडभन्दा बढी रकम राज्य कोषबाट विनियोजन गराएको जानकारी दिनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्