Logo

उद्योगपति विनोद चौधरी उपसमिति संयोजकमा मनोनित



काठमाडौँ, २३ (रासस) : उद्योगपति विनोदकुमार चौधरी नेपाली काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा गठित आर्थिक समृद्धि र विकास समन्वय उपसमितिको संयोजकमा मनोनयन हुनुभएको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले उहाँलाई आज उक्त उपसमितिको संयोजकमा मनोनयन गर्नुभएको काँग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्