Logo

देउवालाई आफ्नो क्षेत्रभभन्दा अरु क्षेत्र प्यारो !



काठमाडौं २५ कार्तिक ।प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो निर्वाचन क्षेत्रभन्दा अरु जिल्ला प्राथमिकता परेको छ । उनी देशभरकिा चुनावी क्षेत्रमा प्रचारका लागि आजदेखि पूर्व जादैछन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज ताप्लेजुङसहित पूर्वका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्ने भएका छन् । गृह जिल्लामा भने उम्मेदवारी दर्तामा पनि उनी गएनन । अहिलेसम्म पुगेका छैनन ।

आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी आमसभालाई सम्बोधन गर्न पूर्व क्षेत्रमा निस्किने प्रधानमन्त्री देउवाले आमसभालाई सम्बोधन गर्नु अघि ताप्लेजुङमा रहेको पाथिभरा देवीको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस ताप्लेजुङले जनाएको छ ।

बिहान साढे १० बजे पाथिभरा दर्शन गर्ने र त्यसपछि ताप्लेजुङ सदरमुकामस्थित तोक्मेडाँडामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस फुङलिङ नगरपालिका सभापति शिवकुमार गुरुङले बताए ।

तोक्मेको आमसभापछि प्रधानमन्त्री देउवाले पाँचथर र सोलुखुम्बुको चुनावी आमसभालाई सम्बोधन गर्ने बताईएको छ । सभापति देउवासँगै कांग्रेस नेता बालकृष्ण खाँण पनि आमसभामा आउने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवा ताप्लेजुङ आउने भएपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाइएको प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । जिल्लास्तरीय कार्यक्रमलाई ताप्लेजुङमा प्रधानमन्त्री देउवा, नेता खाँण, ताप्लेजुङ प्रतिनिधिसभा उम्मेदवार केशवकुमार दाहाल, प्रदेश सभा उम्मेदवारहरु लीला बोखिम, दीपेन्द्रकुमार सेन्दाङ, समानुपातिक उम्मेदवार प्रतापप्रकाश हाङगाम लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्