Logo

लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई मत : पूर्वसभामुख नेम्वाङ



इलाम, २५ कात्तिक : पूर्वसभामुख सुवास नेम्वाङले देशमा पाँचवर्ष स्थिर सरकार र लोकतान्त्रिक विकासका लागि वाम गठबन्धनलाई निर्वाचनमा मत दिन आग्रह गरेका छन्।

इलाम क्षेत्र नं २ अन्तर्गत आज चुलाचुलीमा आयोजित कार्यकर्ता भेटघाटका क्रममा पूर्वसभामुख नेम्वाङले संविधानले जनतालाई दिएको अधिकार अब वाम गठबन्धनले पूरा गर्ने बताए ।

यसअघि एमालेले गाउँमा धेरै विकास गरेको र अब त्यसलाई पूर्णता दिन पनि वाम गठबन्धनलाई बहुमत दिलाउन उनले आग्रह गरे । मुलुकको दिगो विकास र समृद्धि गठबन्धनको घोषणा पत्रमा उल्लेख भएकाले निर्वाचनपछि त्यसकै आधारमा अघि बढ्ने उनको भनाइ थियो ।

विचार र सिद्धान्त मिल्ने पार्टीसँग गठबन्धन गरिएको स्पष्ट पार्दै नेम्वाङले भने– “वाम गठबन्धन केवल निर्वाचनका लागि मात्र नभइ कम्युनिष्ट एकताका लागि भएको हो ।” देशमा दीर्घकालीन विकास र राजनीतिक स्थिरताका लागि वाम एकता अपरिहार्य भएकाले निर्वाचनपछि एकताको प्रक्रिया अघि बढ्ने उनले बताए । रासस



प्रतिक्रिया दिनुहोस्