Logo

आर्थिक समृद्धिका लागि वाम गठबन्धन : महासचिव पोखरेल



काठमाडौँ, २५ कात्तिक  : नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले नेपाली काँग्रेसले तीन पटक बहुमत ल्याउँदासमेत मुलुककलाई राजनीतिक स्थायित्व प्रदान गर्न नसकेकाले यसपटक जनताले वाम गठबन्धनलाई बहुमत दिनुपर्ने बताउनुभएको छ ।

कामनपा–३ स्थित बाँसबारीमा चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालयको आज उद्घाटन गर्दै उहाँले काँग्रेसले पटकपटक बहुमत ल्याउँदा पनि सरकारले पूर्ण अवधि काम गर्न नसकेर मुलुकमा अस्थिरता र अन्योलको वातावरण बनेको चर्चा गर्नुभयो ।

मुलुकमा जनताको अधिकारलाई स्थापत गरी आर्थिक समृद्धका लागि वाम गठबन्धनको सरकार आवश्यक रहेको बताउँदै उहाँले काँग्रेसले अहिले चुनाव जित्नका लागि वाम सरकारले अधिनायकवाद ल्याउने भ्रम फैलाएकाले त्यसतर्फ चनाखो हुन आग्रह गर्नुभयो ।

पार्टीका केन्द्रीय सदस्य एवं पर्यटन विभाग प्रमुख सूर्य थापाले देशमा सबै वर्ग समुदायमा आर्थिक पहुँच पुग्न नसकेकाले सामाजिक विभेद कायम भएको बताउँदै औद्योगिक गतिविधिका माध्यमबाट आर्थिक रुपान्तरण, समानता, न्यायोचित वितरणका कार्य गर्न वाम गठबन्धनलाई जिताउनुपर्नेमा जोड दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्