Logo

बाल यौन दुराचारको आरोपमा नेदरल्याण्डका नागरिक पक्राउ



काठमाडौँ, २५ कात्तिक : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचार गरेको आरोपमा नेदरल्याण्डका नागरिकलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले काठमाडौँको कोटेश्वरस्थित एक होटलमा यौन दुराचार गर्दैै गरेको अवस्थामा नेदरल्याण्डका नागरिक हेन्रीकुस एड्रिनस जोसेपस क्रियुजेसेनलाई शुक्रबार पक्राउ गरेको हो ।

पक्राउ क्रियुजेसेनलाई यौन दुराचार अपराधअन्तर्गत जिल्ला अदालत काठमाडौँबाट मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

बाल दुराचार अपराधमा अधिकतम १३ वर्षसम्म कैद सजाय तथा पीडितलाई मनासिव माफिकको क्षतिपूर्ति समेत भराउने कानूनी व्यवस्था रहेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्