Logo

माधव नेपालले आफूसँग सर्वनाक हार ब्यहोर्ने दिपक कुईंकेलको दाबी



काठमाडौं, २५ कार्तिक । काठमाडौं क्षेत्र नम्बर २ मा प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेद्धवार दिपक कुईंकेलले वाम गठबन्धनबाट उम्मेद्धवार बनेका एमाले बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले आफूसँग सर्वनाक पराजय ब्यहोर्ने दाबी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष चुनावी साक्षात्कारमा बोल्दै कुईंकेलले यस्तो दाबी गरेका हुन् । उनले भने,‘काठमाडौं क्षेत्र नम्बर २ का जनताले यहाँबाट छोडेर रौतहट गैसकेको मान्छेलाई फेरि आउँदा बस्न र खान देलान् तर भोट हाल्दैनन्, जनताले आफ्नो विश्वासपात्र दिपक कुईंकेललाई भोट हाल्छन्।’ उनले यो क्षेत्रमा आफ्नो जित सुनिश्चित भएको समेत दाबी गरे ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्द उनले माधव नेपालले आफूसँग लज्जास्पद हार ब्यहोर्ने ठोकुवा गरेका हुन् । उनले भने,‘केही मान्छेहरु यहाँ जनतालाई दास सम्झिरहेका छन्, एमाले–माओवादी गठबन्धनले ६० प्रतिशत जित्छौं भनेर हल्ला गरिरहेका छन्, अब जनता दास होईनन्, जनार्दन हुन्, जनताले यसपालि देखाईदिन्छन्, माधव नेपालले यहाँका जनतासँगको विश्वास गुमाईसकेका छन्।’

उनले जनतालाई दास सम्झिने उम्मेद्धवारलाई अब कसैले भोट नहाल्ने जिकिर गरे । कुईंकेलले माधव नेपाललाई रौतहटका जनताले नपत्याएपछि काठमाडौं आएको समेत आरोप लगाए ।

उनले थपे,‘रौतहटमा जनताले नपत्याएपछि माधवजी यहाँ आउनुभएको छ, अब यहाँका जनताले पनि उहाँलाई विश्वास गर्दैनन्, साम्यवादको यात्रा गर्नेलालाई भोट हाल्दैन्।’ वाम गठबन्धनलाई देशैभरिकै जनताले भोट नहाल्ने ठोकुवा गर्दै उनले भने,‘साम्यवाद र अधिनायकवादको यात्रा गर्नेलाई जनताले भोट दिँदैन्।’

क्लबका सभापति ऋषि धमलाले निर्वाचन सफल रुपमा सम्पन्न गर्नको लागि आफूहरुले देशव्यापी रुपमा चुनावी अभियान सुरु गर्न लागेको जानकारी दिए । उनले निर्वाचनमा मतदाताहरुको व्यापक सहभागिता र स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न होस् भनेर मेचीदेखि महाकालीसम्म अभियान चलाउन लागेको स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्