Logo

सिंचाइमन्त्री गौतम र बिश्व बैंकका ग्लोबल प्राक्टीस डाइरेक्टर निउकुपबीच भेटवार्ता



काठमाडौं, २५ कार्तिक । सिंचाइ मन्त्री सञ्जयकुमार गौतम र बिश्व बैंकका ग्लोबल प्राक्टीस डाइरेक्टर मार्टेन भान निउकुप बीच शुक्रबार मन्त्रालयमा भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा मन्त्री गौतम र निउकुपले नेपालको समग्र सिंचाइ क्षेत्रको बिकासका बिषयमा छलफल गरेका थिए।

भेटमा बिश्व बैंकका डाइरेक्टर निउकुपले सिंचाइलार्इ कृषी, उर्जा र पर्यटन संग जोडेर एकीकृत आयोजनाको रुपमा बिकास गर्न सुझाव दिए।

जवाफमा मन्त्री गौतमले आफले सिंचाइलार्इ कृषी, उर्जा र पर्यटन संग जोडेर एकिकृत आयोजनाको तवरले बिकास गर्ने आफ्नो चाहना रहेको बताए। डाइरेक्टर निउकुपले प्रतीउत्तरमा नेपाल सरकारले एकीकृत आयोजना गर्न चाहे बिश्व बैंकले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे।

मन्त्री गौतमले देशको पश्चिम क्षेत्रमा सिंचाइका राष्ट्रिय गौरबका २ आयोजना सहित ४ आयोजना निर्माणका क्रममा रहेको भन्दै ति आयोजनाहरुलार्इ एकिकृत आयोजनाको तबरले अघी बढाउने आफ्नो सोच भएको बताए।

देशको पश्चिम क्षेत्रमा प्रयाप्त पानीको स्रोत छ गौतमले भने त्यसको उचित प्रयोग गर्दै अबको आर्थीक बिकासको नेतृत्व पश्चिमले लिनु पर्छ। बिश्व बैंकका डाइरेक्टर निउकुप संगको भेटका क्रममा मन्त्रालयका सचिव रामानन्द प्रसाद यादब माहाशाखा प्रमुखहरु र मन्त्रालयका बिशीष्ट श्रेणीका अधीकारीको उपस्थीति रहेको थियो।



प्रतिक्रिया दिनुहोस्