Logo

उम्मेदवारमाथि आक्रमण बढ्न थालेपछि निर्वाचन आयोगले बोलायो सुरक्षा निकायलाई



२६ कात्तिक, काठमाडौं । चुनाव प्रचार प्रसारका क्रममा उम्मेदवाहरुमाथि नै आक्रमण हुन थालेपछि निर्वाचन आयोगको ध्यानाकर्षण भएको छ । आयोगले सुरक्षा चुनौति बढेको भन्दै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर छलफल गर्दैछ ।

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारहरुलाई लक्षित गरी आक्रमणले सुरक्षा व्यवस्थामै प्रश्न चिहृन उठाइरहेका बेला आयोगले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गर्न लागेको हो ।
निर्वाचन आयोगले सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर आइतबार दिउँसो १ बजे छलफल गर्न लागेको हो ।

छलफलमा आयोगका पदाधिकारीहरुले देशको समग्र शान्ति सुरक्षाबारे सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिनुका साथै उम्मेदवारको सुरक्षामा विशेष सतर्कता अपनाउन आग्रह गर्ने बताइएको छ ।

पछिल्ला केही दिनदेखि उम्मेदवारमाथि आक्रमणका प्रयासहरु भइरहेका छन् । शुक्रबार रुकुममा माओवादी नेता जनार्दन शर्मालाई लक्षित गरी बम प्रहार भएको थियो । त्यसको भोलिपल्टै शनिबार दिउँसो रोल्पामा माओवादी नेता वर्षमान पुन चढेको गाडीलाई लक्षित गरी माइन विस्फोट गराइएको थियो ।



प्रतिक्रिया दिनुहोस्